२२ कार्तिक २०८३, आइतबार

राजदूत राजपुतद्वारा साउदी राजासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ कात्तिक  । साउदी अधिराज्यका लागि नेपालका राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले त्यहाँका नरेश सलमान बिन अब्दुल अजिज अल सउदसमक्ष सोमबार रियादस्थित शाही प्रासादमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।

त्यस अवसरमा साउदी नरेशले नेपाली जनताप्रति शुभेच्छा र राजदूतहरुको सफल कार्यकालको कामना गर्नुभएको रियादस्थित नेपाली दूतावासले सोमबार प्रकाशित विज्ञप्तिमा जनाएको छ । रासस