२२ कार्तिक २०८३, आइतबार

मोबाइलमा बोल्दा बोल्दै सशस्त्र प्रहरी जवानको छतबाट खसेर मृत्यु

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा, २१ कात्तिक । संखुवासभाको चैनपुरमा छतबाट खसेर एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । फोनमा कुराकानी गर्दागर्दै उनी छतबाट खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा खाँदबारी–४ बरुवालगाउँ निवासी चन्द्रमणि काफ्ले रहेका छन् । उनी ७ वर्ष अगाडी सशस्त्र प्रहरीमा भर्ना भएका थिए । डियुटीमै रहेका बेला मोबाइलमा कुरा गर्दैगर्दा उनी छतबाट खसेको प्रहरीले जनाएको छ । काफ्लेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याएर आफन्तको जिम्मा लगाइएको छ ।