२९ आश्विन २०८३, बिहिबार

आइएस आतङ्ककारी समूहसँग लड्ने युरोपियन युनियनको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

EU-pasubali-roka_853665659ब्रसेल्स, १ मङ्सिर । युरोयियन युनियनले सोमबार इस्लामिक स्टेट् (आइएस) आतङ्ककारी समूहसँग डटेर लड्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

आइएस आतङ्ककारी समूहले अमेरिकी सहायताकर्मी अब्दुल रहमान कासिगको हत्या गरेपछि युरोपियन युनियनले सो प्रतिवद्ध्ता व्यक्त गरेको बताइएको छ ।

अमेरिकी  राष्ट्रपति बाराक ओबामाले कासिगको मृत्युको पुष्टि गर्नु भएको  छ । २६ बर्षीय कासिगको हत्याको आइएसले भिडियो पनि सार्वजनिक गरेको थियो ।

सिरिया र इराकमा ठूलो आतङ्क मच्चाइरहेका आइएसले गत अक्टोबरमा पनि एक बेलायती सहायताकर्मी एलन हेनिङ्को हत्या गरेको थियो ।

सोही बेलामा आइएस आतङ्ककारी समूहले  कासिगको हत्या गर्ने  धम्की पनि दिएको बताइएको छ  ।

सिरिया र इराकमा आतङ्क मच्चाइरहेका आइएस र अन्य आतङ्ककारी समूहसँग क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगबाट सामाना गर्ने युरोपिन युनियनले कडा प्रतिवद्धता व्यक्त गरेको छ ।

आइएस विरुद्ध अमेरिकाले सिरिया र इराकमा सुरु गरेको हवाई आक्रमणमा युरोपियन युनियनका राष्ट्रहरु बेल्जियम, बेलायत, डेनमार्क, फ्रान्स र नेडरल्यान्ड सहभागी रहेका छन् । रासस÷एएफपी