रोल्पा, २१ कात्तिक । नेकपा (माओवादी केन्द्र)का नेता एवं विना विभागीय मन्त्री कृष्णबहादुर महराले बाम गठबन्धन एकतासम्म पुग्ने दावी गरेका छन् ।
‘बाम गठनबन्धन एकता सम्म जान्छ । अब पछि हट्ने स्थिति छैनु गृह जिल्ला आएका नेता महराले सोमबार लिबाङमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘एकताबाट पछि हट्ने हो भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओली ड्यामेजड हुनुहुन्छ ।’ अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
वाम एकता हुनेमा आशंका रहेकोबारे पत्रकारले राखेको जिज्ञासमा नेता महराले भने, ‘बाम एकता नभए ओली र प्रचण्ड मात्र ड्यामेजड हुने होइन, दुवै पार्टीका दोस्रो पुस्ताका नेतालाई समेत पचास वर्षपछि ढकेल्नु हुन्छ ।’
चुनावपछि मुलुकमा स्थिरता र आर्थिक स्मृद्धिको बाटो खुला हुने बताए । स्थिर सरकार र संविधान कार्यन्वयनका लागि बाम एकता आवश्यक रहेको पनि उल्लेख गरे ।












प्रतिक्रिया