गोरखा, २० कात्तिक । गोरखा क्षेत्र नम्बर १ प्रदेश (ख) का नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्र बजगाईले निर्वाचन आचारसंहिता विपरीत हेलिकप्टरमार्फत चुनाव प्रचार प्रसारमा लागेका छन् ।
चुनाव प्रचार प्रसारका लागि उनी हेलिकप्टर लिएर सोमबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका पुगेको स्थानियवासीले बताएका छन् ।
उनले चुनाव प्रचार गरेको स्थलको तस्बिरमा दुईवटा हेलिकप्टर देखिएका थिए । प्रदेशका समानुपातिक तर्फमा उम्मेदवार हरिबहादुर घले पनि उनी सँगै चुनावी प्रचारमा थिए ।
यसबारे सुरक्षा समितिलाई कुनै जानकारी नभएको एक अधिकारीले बताएका छन् । निर्वाचन अयोगका सहसचिव विकास तिमिल्सिनाले बजगाईले हेलिकप्टर चार्टर बारे अनुमति लिएको बारे जानकारी नभएको बताए ।
अनुमतिविना चुनावी प्रचारमा हेलिकप्टर प्रयोग गरेको पाइएपछि बाम उम्मेदवारहरुले उनीविरुद्ध उजुरी दिने बताएका छन् ।











प्रतिक्रिया