११ मंसिर २०८३, शुक्रबार

हेटौंडा ४ दिन बस्दा के के गरे कमल थापाले ?

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २० कात्तिक । राप्रपा अध्यक्ष एबं उपप्रधानमन्त्री कमल थापा मकवानपुर -१ बाट उम्मेदवारी मनोनयनको निमित्त कार्तिक १५ गते ११:२० को काठमाडौं-सिमरा उडानबाट गृहजिल्ला मकवानपुर जाने टिकट कन्फर्म गरेका थापा हवाईजहाजबाट सिमरा गएनन् । दिनभर नेपाली काङ्ग्रेसका शीर्षस्थ नेता र प्रधानमन्त्री सङ्गै आफ्नै पार्टीका पदाधिकारीहरुसङ्ग बालुवाटार र बिशालनगरस्थित आफ्नै छलफलमा ब्यस्त रहे । उनी बेलुकी ६:३० बजे बिशालनगर घरबाट हेटौंडाको निमित्त हिडे ।

१० बजे राति हेटौंडा -६ मा रहेको उनको घरमा पुग्दा जिल्लाका नेता कार्यकर्ता उनको पर्खाईमा थिए । भोलिको उम्मेदवारी मनोनयनको तयारी के छ भनी संक्षिप्त बृफिङ्ग लिए र सबैलाई धन्यवाद भन्दै बिदा दिए । भोलिपल्ट उम्मेदवारी दर्ता गर्न घरबाट ११:०० बजे निस्किएका थापाले हेटौंडा -४ मा अबस्थित पशुपतिनाथ मन्दिर र हेटौंडा -१० मा अबस्थित भुटनदेबी मन्दिरको दर्शन गर्दै पार्टी कार्यालय पुगे ।

केही बेर नेता कार्यकर्तासँग गफिएर १२:३० बजे जिल्ला समन्वय समितिमा रहेको निर्बाचन कार्यालय पुगे र नेपाली काङ्ग्रेस र राप्रपाको संयुक्त उम्मेदवारको रुपमा मकवानपुर -१ बाट उम्मेदवारी दर्ता हरे । दर्ता सकिनासाथ पत्रकारहरुलाई प्रतिक्रिया दिदै थापाले उम्मेदवार बनाउने आफ्नो पार्टीलाई धन्यवाद दिए भने सहयोग गर्ने काङ्ग्रेसलाई आभार ब्यक्त गरे । पुन: पार्टी कार्यालय पुगेका थापाले बाजागाजा र झाकी सहितको जुलुसको नेतृत्व गर्दै अघि बढे र सबैलाई अचम्म पार्दै नेपाली काङ्ग्रेसको पार्टी कार्यालय भित्र छिरे । निर्वाचन कार्यालय जाने बाटो मै काङ्ग्रेस कार्यालय छ । काङ्ग्रेस पार्टी कार्यालयमा कमल थापालाई देखेसी काङ्ग्रेसि कार्यकर्ताले पनि ताली बजाउदै थापालाई स्वागत गरे । अनि शुरु भो संयुक्त र्‍याली । राप्रपा र काङ्ग्रेसको झण्डाको बिचमा लाग्यो नारा – लोकतान्त्रिक गठबन्धन जिन्दावाद ।

बुद्ध चोकमा सभा भयो । काङ्ग्रेस र राप्रपाको गठबन्धन राष्ट्रियता र प्रजातन्त्रको संरक्षण र सम्बर्द्धनको निमित्त तथा बिकास र समृद्धिको निमित्त भन्दै थापाले भासण गरे । नेपाली काङ्ग्रेसकि नेतृ डिना उपाध्याय र काङ्ग्रेस नेता इन्द्रबहादुर बानियाँले प्रजातान्त्रिक गठबन्धनको जित सुनिश्चित भएको दाबी गरे । काङ्ग्रेस र राप्रपाको र्‍यालीको नेतृत्व गर्दै थापा निर्बाचन कार्यालय पुगे । सबै काम सकेर उम्मेदवारहरुलाई शुभकामना भन्दै थापा घर फर्के र तुरुन्तै पार्टीका मुख्य-मुख्य ब्यक्तिहरुको बैठक डाके । छोटो बैठक गरेका उनले सम्पुर्ण ध्यान निर्बाचनमा केन्द्रित गर्न आग्रह गर्दै झिनामसिना कुरामा नअल्झिन कार्यकर्तालाई निर्देशन दिए । १७ गते बिहान हेटौंडाका मन्दिरहरुको पैदल यात्रा गरि दर्शन गरे। दिउँसो हेटौंडाका पुराना बुढापाका मान्छेहरुको सम्पर्कमा गए । बुवा स्वर्गीय कर्णेल छत्र बहादुर थापाका साथी ९१ वर्षिय रामकृष्ण गोर्खालिको घरमा पुगे र आशिर्वाद मागे । पार्टी सम्बद्ध जनबर्गिए संगठनको बैठक राखे र दिलोज्यान दिएर खटिन अनुरोध गरे ।

१८ गते बिहानै मकवानपुर -१ “ख” प्रदेशका काङ्ग्रेस उम्मेदवार अशोक शाक्यलाई लियर हेटौंडा -१५ वडा पुगे । घडा र फुलमालाले भब्य स्वागत पायसी उनले आफुले काम गरेर मकवानपुरे जनताको ॠण तिर्ने बाचा गरे । बिहानभर घरदैलो र सभामा ब्यस्त थापा दिउँसो पार्टीको केन्द्रिय प्रशिक्षण बिभागद्वारा आयोजित प्रदेश नम्बर १,२ र ३ का जिल्ला अध्यक्षहरुको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न सामना होटेल पुगे र प्रशिक्षण पनि दिए । लगत्तै युबक संगठन हेटौंडाद्वारा आयोजित युबा भेलालाई सम्बोधन गरे । बेलुकी स्वतन्त्र एब नागरिक समाजका ब्यक्तिहरुसङ्ग भेटघाट गरे । १९ गते बिहानै निस्किए हेटौंडा -१४ नम्बर वडा । घरदैलो र भेटघाटमा स्थानीय युबा र जनताको राम्रो ” रेस्पोन्स ” देखेपछि थापाले भने:- “चिन्ता नगर्नुस्, यो चुनाव सम्मको मात्र सम्बन्ध होइन, सुखदुखमा म छु । हामीबिच भावनात्मक सम्बन्ध हुन्छ ” ।

हेटौंडा बजारमा रहेको मकवानपुर पार्टी अध्यक्ष एबं आफ्नै भाइ गणेश थापाको घरमा विभिन्न वडा र गाउँबाट आएका नेता कार्यकर्ताको गुनासो सुने । गाउँको अबस्था र चुनावी परिणाम बारे सोधखोज गर्दै कार्यकर्ताहरुलाई हौस्याय पनि । म आज काठमाडौं जान्छु केही दिनमै आउछु भन्दै उनले कार्यकर्तालाई भने “म नहुदा तपाई आफै कमल थापा हो , घरघर जानोस् , जिल्लाको बिकास र समृद्धिको निमित्त कमल थापा आबश्यक छ भन्ने जनतालाई बुझाउनुस् । ” सिमराबाट ५:२० बजेको जहाजद्वारा थापा काठमाडौं फर्किएका छन् ।