११ मंसिर २०८३, शुक्रबार

मतदानमा खटिएका कर्मचारीले मतदान गर्न नपाउने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० कात्तिक । मतदानमा खटिएका कर्मचारीले मतदान गर्न नपाउने भएका छन् । मतदानमा खटिएका कर्मचारीले पनि मतदान गर्न पाउनु पर्ने माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि उनीहरुले मतदान गर्न नपाउने भएका हुन् ।

न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । रिटमा निर्वाचन आयोगको कुनै निर्णय बदर गराउन नभई निर्णय भएको भए बदर हुन माग गरिएको भन्दै आदेशमा मुद्दाको अन्तिम फैसला हुँदा सम्बोधन हुने बताएको छ ।

संविधानको धारा ८४ को उपधारा ५ विरुद्ध नहुने गरी आयोग स्वयंमले विचार गर्ने सर्वोच्चले बताएको छ । संविधानको धारा ८४ को उपधारा ५ ले १८ वर्ष उमेर पुगेका हरेक नागरिकलाई संघीय कानुन बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुने उल्लेख गरिएको छ ।