सिड्नी, १ मंसिर । चिनियाँ राष्ट्रपति सि जिनपिङले चीनले विकासका काममा कहिल्यै पनि बल प्रयोग नगर्ने धारणा राख्नुभएको छ ।
उहाँले शान्तिप्रतिको चीनको चाहना र प्राथमिकता प्रस्तुत गर्र्दै आफ्नो देशले बलपूर्वक कुनैपनि काम नगर्ने र नगराउने पनि बताउनुभयो ।
विश्वको दोस्रो ठूलो आर्थतन्त्र रहेको चीनले विकासका काममा पनि बल प्रयोग गर्ने गरेको र जसका कारण चीनको अर्थतन्त्र एवम् विकासको गतिलाई धरै सूचकका रुपमा मापन गरिएको आरोप लगाइरहेका बेला उहाँको यो धारणा आएको हो ।
अष्ट्रेलियाको संसदलाई सोमबार सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ ।
देशको इतिहासले यो देखाएको छ कि बलपूर्वक गरिने विकास तथा यसका सूचकको वृद्धिले अन्ततः सफलता पाएको छैन त्यसैले हामीले विकासका काममा कहिल्यै पनि बलप्रयोग गरिँदैन– संसदलाई सम्बोधन गर्दै राष्ट्रपति सिले भन्नुभयो ।
हामीलाई इतिहासले यो देखाएको छ कि हामी शान्तिप्रति प्रतिबद्ध छौं र त्यसैको प्रवर्धनमा हामी लाग्ने छौं– उहाँले भन्नुभयो ।
चिनियाँ राष्ट्रपति सि जि२० को सम्मेलनमा सहभागिताका लागि हाल अष्ट्रेलियाको ब्रिसबेनमा हुनुहुन्छ ।
विश्वका शक्ति राष्ट्र सम्मिलित २० देशका नेतापनि सो सम्मेलनमा सहभागिताका लागि हाल त्यहाँ रहेका छन् ।
उहाँले थप्नुभयो– तर हामी शान्तिका विपक्षमा हामीमाथि हुनसक्ने आक्रमण र देशमा शान्तिको अवस्था बिथोल्ने तत्वका विरुद्धमा भने हामी पछिल्लो समयमा निकै सतर्क भने छौँ । रासस÷एएफपी













प्रतिक्रिया