काठमाडौं, २० कात्तिक । संघीयतालाई दह्रो बनाउन र स्थानीय तहबाटै सेवा दिनको लागि बैंकिङ क्षेत्रहरु, ७६६ वटै स्थानीय तहमा पुग्नुपर्ने नियमन निकाय र सरकारको चाहनाअनुसार नेपालको बैंकिङ्ग क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो ६५औं शाखा झापाको हल्दिबारीमा संचालनमा ल्याएको छ ।
सोमबार (आज) बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजापाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गर्नु भएको छ । उक्त समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी फैलिएका ६५ शाखा, ६२ एटिएम काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवामार्फत करिब ३ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहकवर्ग लाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरुका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
विद्यालयलाई कम्प्युटर हस्तान्तरण
उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले श्री लक्ष्मी माध्यमिक विद्यालय र श्री शान्ति प्राथामिक विद्यालयलाई १/१ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।
उक्त हस्तान्तरण बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र हल्दिबारी गाँउपालिका अध्यक्ष रवीन्द्र लिङदेनले संयुक्त रूपमा गर्नु भएको छ । उक्त शाखाका इन्चार्ज दुर्गा बहादुर कार्कीले यस क्षेत्रमा कृषिकर्जा, पशु पालन, चियाखेती तथा अन्य व्यवसायिक क्षेत्रमा प्रशस्त लगानी गर्ने बैंकको उद्देश्य रहेको जानकारी दिनुभयो ।
मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमा नै बैंकले महोतरीको औरही र दाङको बंगलाचुलीमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरलले जानकारी दिनुभयो ।
















प्रतिक्रिया