११ मंसिर २०८३, शुक्रबार

मदन भण्डारीको जन्म घर पुगे ओली (तस्बिरसहित)

12.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फुङलिङ, २० कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले जननेता मदन भण्डारीको जन्मघर पुगेका छन् ।

ताप्लेजुङ जिल्लाको ढुंगेसाँघुस्थित भण्डारीको घरमा पुगेर ओलीले अबलोकन गरेका हुन् । हेलिकप्टरमा आइतबार पार्टीका नेताहरूसँग ओली घण्डारीको घरमा पुगेका एमाले ताप्लेजुङले जनाएको छ ।

ओलीको स्वागतमा ढुंगेसाँघुमा एमालेका धेरै समर्थकहरूको उपस्थिति पनि थियो ।

केही दिन अगाडि राष्ट्रपति एवम् मदन भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारी पनि सोही स्थानमा पुगेर फर्केकी हुन् ।

भण्डारीको घर अवलोकनपछि अध्यक्ष ओलीले आइतबार फुङलिङ बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।

सोही चुनावी सभामा ओलीले ताप्लेजुङबाट प्रतिनिधि सभामा जिताएर योगेश भट्टराईलाई पठाए आफूले मन्त्री बनाइदिने आश्वासन दिएका थिए ।