३० आश्विन २०८३, शुक्रबार

क्याटलोनियाली नेताद्वारा बेल्जियमसँग आत्मसमर्पण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्रसेल्स, २० कात्तिक । एकतर्फी रूपमा क्याटोलनियाको स्वतन्त्रताको घोषणा गरेपछि स्पेन सरकारबाट बर्खास्त भएका नेता कारलस पुज्डमोनले आइतबार बेल्जियमको प्रहरी समक्ष आत्मसमर्पण गरेको बेल्जियमका अधिकारीहरुले बताएका छन् ।

क्याटलोनियाली सरकारका अन्य चार मन्त्री पनि उहाँजस्तै प्रहरीसमक्ष पुगेका छन् । उनीहरू विगत केही दिनदेखि बेल्जियममा लुकिछिपी बस्दै आएका थिए ।

केही दिनयता बेल्जियममा बसिरहेका नेता पुज्डमोनविरुद्ध देशलाई विखण्डन गर्ने असफल प्रयास गरेको भनी स्पेनी सरकारले पक्राउ पुर्जी जारी गरेको थियो ।

स्पेनको एक अदालतले विद्रोहको अभियोगमा भइरहेको छानविनसँग सम्बन्धित रहेर पुज्डमोन र उहाँको क्षेत्रीय सरकारको मन्त्रीमण्डलविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

उनीहरूलाई स्पेनलाई सुपुर्दगी गर्ने वा बेल्जियममा नै राख्ने बिषयमा अधिकारीहरूबीच आवश्यक छलफल भइरहेको बताइउको छ । – सिन्ह्वा