११ मंसिर २०८३, शुक्रबार

राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता: अध्यक्ष दाहाल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर (चितवन), १९ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि वाम एकता गरेको बताएका छन् ।

चितवन निर्वाचन क्षेत्र नं ३ मा प्रचण्ड जिताउ अभियानको आइतबार उद्घाटन गर्दै प्रचण्डले राजनीतिक स्थिरताका लागि वामपन्थीको सरकार हुनु जरुरी रहेको औँल्याए । अहिलेको निर्वाचनले त्यो योजना पूरा हुने भन्दै अध्यक्ष दाहालले त्यसपछि विकासले गति लिने बताए ।

कात्तिक १६ गते चितवन क्षेत्र नं ३ को प्रतिनिधि सभामा उम्मेदवारी दर्तापछि चुनावी प्रचार अभियानमा सक्रिय रहेका अध्यक्ष दाहालले कम्युनिष्ट शक्तिको एकताका लागि वाम गठबन्धन गरेको दोहो¥याए । उनले यसपटकको पार्टी एकीकरणको प्रयास सफल भएरै छाड्नेसमेत उद्घोष गरे ।

आफूले चितवनमा ठूलो संघर्ष गरेको उल्लेख गर्दै उनले चितवनका जनताले आफूलाई जिताएरै छाड्ने दाबी गरे । जनताले हराएमा स्वीकार गर्न तयार रहेको दाहालको भनाइ थियो । चितवनको विकासलाई प्राथमिकता दिँदै नमूना जिल्ला बनाउने योजना आफूसँग रहेको समेत उनले बताए । –रासस