११ मंसिर २०८३, शुक्रबार

दोलखामा नयाँ शक्ती पार्टी एमालेमा विलय

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १९ कात्तिक । नयाँ शक्ति पार्टी दोलखा नेकपा एमालेमा एकीकरण भएको छ । नयाँ शक्ती पार्टीको सिंगो जिल्ला कमिटी र मातहातका सम्पूर्ण कमिटी एमालेमा विलय भएका हुन् ।

दोलखामा आइतबार भएको कार्यक्रममा नयाँ शक्ती पार्टीबाट दोलखामा प्रतिनिधिसभाका उम्मेदवार बैकुण्ठ प्रसाद भण्डारीले आफनो उम्मेदवारी फिर्ता लिर्दै वाम गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छन् ।

नयाँ शक्ती पार्टीका दोलखा जिल्ला संयोजक रविन्द्र कार्की, जिल्ला कमिटी सचिवालय सदस्य केशव चौलागाई, जिल्ला सचिवालय सदस्य बैकुण्ठ प्रसाद भण्डारीलगायत सिंगो जिल्ला कमिटी र माताहातका कमिटी एमालेमा विलय भएका हुन् ।

एमाले जिल्ला कमिटि अध्यक्ष ईश्वरचन्द्र पोखरेलले विभिन्न चरणको जिल्लास्तरीय छलफलबाट नयाँ शक्ती पार्टी दोलखा जिल्लाको सम्पूर्ण टिम एमालेमा एकीकरण गर्न सफल भएको बताए । पोखरेलले आउँदो निर्वाचन संयुक्त वाम गठबन्धनलाई जिताउनुपर्छ भन्ने निष्कर्ष निकालेर नयाँ शक्ती पार्टीलाई एमालेमा एकीकरण गराएको बताए ।