२ कार्तिक २०८३, सोमबार

एनआईसी एशिया बैंकले ग-यो शाखा विस्तार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ कात्तिक । एनआईसी एशिया बैंकको ३ नयाँ शाखा विस्तार गरेको छ । बैंकले बाँकेको खजुरा गाउँपालिका वडा नं. ३, बर्दिया नगरपालिका वडा नं ६, मगरागडी र कानेपोखरी गाउँपालिका वडा नं ६, रमाईलो चौक, मोरङमा विस्तार गरिएको शाखाको आइतबार उद्घाटन गरिएको हो ।

नेपाल राष्ट्र बैंकका निर्देशक गुरु प्रसाद पाडैलले खजुरा र मगरागडी शाखाको उद्घाटन गरेका थिए भने रमाईलो शाखाको उद्घाटन कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्लेले गरेका थिए ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । उल्लेखित ३ शाखाको विस्तारसँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालय र १४१ एटिएम काउन्टरबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालनगर्ने योजना अगाडि सारेको छ ।