११ मंसिर २०८३, शुक्रबार

अख्तियारले सुरु ग-यो पूर्वआईजीपी अर्यालमाथि छानविन

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ कात्तिक । अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।

गत फागुनमा मात्रै आईजीपी पदबाट अवकाश पाएका अर्यालमाथि अख्तियारले प्रारम्भिक छानविन सुरु गरेको हो । अख्तियारले अर्यालसँग सम्पत्ति विवरण (१३ पन्ने) भराइसकेको छ । अनुसन्धानको क्रममा केही प्रमाण फेला पारेपछि अर्याललाई बोलाएर बयान लिइएको अख्तियारका एक उच्च अधिकारीले बताएका छन् ।

यसबीचमा अख्तियारले अकुत सम्पत्ति कमाएको आशंकामा डेढ सयभन्दा बढि व्यक्तिहरुमाथि छानविन गरिरहेको छ । जसमा बहालवाला सचिव गजेन्द्र ठाकुर र काठमाडौं महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डे पनि परेका छन् ।