दाङ, १९ कात्तिक । चर्चित गायिका एवं नेकपा एमालेकी नेतृ कोमल वलीले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएकी छन् ।
कोमलले पार्टीले टिकट नदिएको भन्दै दाङ क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएकी थिइन् । तर, आइतबार दाङमा पत्रकार सम्मेलन गर्दै उनले दाङ ३ मा वाम गठबन्धनका तर्फबाट आधिकारिक उम्मेदवार एमालेका हिराचन्द्र केसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन् ।
उम्मेदवारी फिर्ता लिँदै कोमलले क्षेत्र नम्बर ३ बाट केसीले चुनाब जित्ने विश्वास गर्दै सबैलाई सहयोगको अपिल गरिन् ।
पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य एवं वाम गठबन्धनका तर्फबाट प्रदेश नम्बर ५ को मुख्यमन्त्रीका उम्मेदवार शंकर पोख्रेलले कोमल वलीले उम्मेदवारी फिर्ता लिएर पार्टीको आधिकारिक उम्मेदवार हिराचन्द्र केसीलाई सहयोग गर्ने घोषणाको स्वागत गर्दै कोमलको क्षमता र योग्यतालाई राष्ट्रको हितमा प्रयोग गर्ने जिम्मेवारी आफूले लिएको घोषणा गरे ।











प्रतिक्रिया