११ मंसिर २०८३, शुक्रबार

काँग्रेसको हैकमवाद विरुद्ध बामगठबन्धनः हिक्मत कार्की

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, १९ कात्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेदवार हिक्मत कार्कीले काँग्रेसले एमालेलाई हरेक राजनीतिक गतिविधिबाट एकलाउने काम भएपछि बामगठबन्धन भएको बताउका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपाल झापाले गौरादहमा गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार कार्कीले प्रमुख प्रतिपक्षी दलसंग सहकार्य गर्नुको साटो निषेध गरेका कारण बामगठबन्धन भएको बताएका हुन् । चौतारीका अध्यक्ष मुक्ति पौडेल र प्रेस सेन्टरका अध्यक्ष टिकाराम उप्रेतीको संयुक्त अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता कार्कीले झापामा भने राष्ट्रिय प्रजातन्त्र पार्टीसंग बामपन्थी सहित विशिष्ट गठबन्धन भएको बताए ।

बाम तथा राप्रपा बीचको तालमेलले जितलाई सहज बनाएको उनले बताए । यो निर्वाचन सकिए पछि मुलुकमा नौलो समृद्धिको इतिहासको शुरुवात हुने कार्कीले बताए । उम्मेदवार कार्कीले झापाको गौरादहलाई मुलुककै कृषि क्षेत्रको पहिलो आंगिक कृषि क्याम्पस बनाउने लगायतका बिकास निर्माणका योजना अघि सारेको बताए । केपी ओली सरकारको विशेष पहल र स्थानिय राजनीतिक दलहरुको सहयोगमा गौरादहमा निर्माणाधिन कृषि क्याम्पसमा माघबाट पढाई शुरु गराउन आफूले पहल गर्ने कार्कीले बताए । झापाकै गौरीगञ्ज बजारलाई नमुना बजार, गौरादहको पोखरी, तोपगाछीलाई कृषि जोन लगायतका कृषि पर्यटकीय योजना ल्याउने उनले बताए ।