लण्डन । बेलायतस्थित स्थानीय राजनीतिमा बढ्दो सक्रिय संलग्नता नेपालीहरु सफलतातिर उन्मुख पनि भइरहेका छन् ।
यसै क्रममा बेलायतको प्रमुख प्रतिपक्षी लेबोर पार्टीको बेजिंगस्टोक शाखाको शनिबार सम्पन्न अधिबेशनले शिवजी श्रेष्ठलाई बिएएमई ब्लाक एसियन माइनोरिटी एथ्निक अफिसरमा निर्वाचित गरेको छ ।
अधिबेशन केही पदहरूमा मतदान नै गर्नुपरेको थियो । राति अबेरसम्म मत गणना गर्नु परेको युवाहरूको लेबोर पार्टीमा बढदो आकर्षण महशुस गर्न सकिन्थ्यो ।
बिगत ३ वर्षदेखि श्रेष्ठ निरन्तर रुपमा सो पदमा निर्वाचित भइ कार्यरत छन् । बिगत २ बर्षदेखि श्रेष्ठ लेबोर पार्टीको स्थानीय काउन्सिलर पदका उम्मेदवार छनौट समितिको ५ जनाभित्र कार्यकारी समितिभित्र पर्दछन् ।
यसअघि वेल्समा रहदा श्रेष्ठ त्यहाको स्थानीय स्कुलको स्कुल गभर्नर एवम् ल्यानरोम्नी लेबोर पार्टीका मेम्बरशिप सेक्रेटरीको रुपमा कार्यरत थिए ।















प्रतिक्रिया