११ मंसिर २०८३, शुक्रबार

ओली–दाहालले चुनावी सभालाई सम्बोधन गर्ने, बन्दै छ कार्यक्रम

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले संयुक्त रुपमा चुनावी सभाहरूलाई सम्बोधन गर्ने तयारी गरेका छन् ।

एमाले र माओवादीका दोस्रो तहका नेताहरूले चुनावी कार्यक्रमको कार्यसूची बनाएको स्रोतले जनाएको छ । वाम गठबन्धन बनाएर चुनावी अभियानमा गएका दुबै दलका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी कार्यक्रमहरूलाई एउटै मञ्चबाट सम्बोधन गर्ने छन् ।

स्रोतका अनुसार दुबै दल कमजोर भएका जिल्लामा उनीहरूको चुनावी कार्यक्रम केन्द्रित हुनेछ ।

सम्भवत आजै आइतबार बेलुकासम्म एमाले र माओवादीका शीर्ष नेताहरूको बैठक बस्नेछ । आज बैठक बस्न नसके भोलि सोमबारसम्म बैठक बसेर कार्यक्रम तयार पार्ने जनाइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार चितवनमा आयोजित कार्यक्रममा पनि शीर्ष नेताहरूले सम्बोधन गर्ने गरेर चुनावी कार्यक्रम बनाउने लागेको बताएका थिए ।

चुनाव प्रचार प्रसारका लागि केपी ओली झापा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा पुगेका छन् ।