कैलाली, १९ कात्तिक । दुई वर्षअघि टीकापुरमा एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गारी भएको घटनाका फरार अभियुक्त रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपा नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । राज्यको नजरमा फरार रहेका ब्यक्तिले उम्मेदवारी दर्ता गर्नु गैरकानूनी भएको कानून व्यवसायीको भनाई छ । नागरिक दैनिकले समाचार छापेको छ ।
मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले कानूनी रुपमा नै फरार अभियुक्तको उम्मेदवारी दर्ता गराएको बताएका छन् ।













प्रतिक्रिया