११ मंसिर २०८३, शुक्रबार

अमेरिकामा नेपाली बिद्यार्थी ज्वाला कार्कीमाथि अन्धाधुन्ध गोली प्रहार, नेपाली समाज शोकमा

18k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यमा एक नेपाली अन्धाधुन्ध गोलीको शिकार भएकी छिन् ।

अमेरिका टेक्सासको डालसस्थित एल सेन्ट्रो कलेजमा अध्ययनरत जवाला कार्की अन्धाधुन्ध गोली प्रहारबाट घाइते भएकी हुन् । आफ्नै अपार्टमेन्ट बाहिर अन्धाधुन्ध गोली चल्दा गोली लागेर उनी गम्भीर घाइते भएको बताइएको छ । अध्ययनको शिलशिलामा अमेरिका आएकी ज्वाला गोली लागेर गम्भीर घाइते भएपछि नेपाली समाज टेक्सासले उपचारका लागि आर्थिक संकलन शुरु गरेको छ ।

गत आइतबार राति आफ्नै अपार्टमेन्ट बाहिर अन्धाधुन्ध गोली चल्दा गोली लागेर गम्भीर घाइते भएकी कार्कीको डालसस्थित पार्कल्याड अस्पतालमा उपचार भइरहेको छ ।

घाइते ज्वालालाई भेटेर फर्किएपछि नेपाली समाज टेक्सासका पदाधिकारीहरुले उनको उपचारका लागि आर्थिक संकलनलाई तीब्र पारेको समाजका अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार घाइते ज्वालालाई छाती, तिघ्रा लगायतका ८ ठाउँमा गोली लागेको छ । यद्यपि उनी खतरामुक्त छिन् ।

श्रीमान कामबाट फर्किन ढिला गरेको तथा अपार्टमेन्टको साँचो उनी सँग नभएपछि अपार्टमेन्टको लन्ड्री रुममा श्रीमानको प्रतिक्षामा बसेकी ज्वालालाई एक कालो बर्णको युवकले अन्धाधुन्ध गोली बर्षाउँदा उनलाई शरिरका बिभिन्न भागमा गोली लागेको बताइएको छ । गोली बर्षाउने युवक पक्राउ परेको अहिलेसम्म जानकारी नभएको अध्यक्ष लामिछानेले बताए ।

नेपालको पोखरा घर भई बाल्टिमोरबाट केही महिनाअघि मात्रै डालस सरेकी घाइते २४ बर्षिया ज्वालाको उपचारमा सहयोग गर्न नेपाली समाज टेक्सासले सबैमा आग्रह गरेको महासचिव कमल सत्यालले बताए ।