भैरहवा, १८ कात्तिक । भन्सार एजेन्ट महासंघ नेपालको तेस्रो अधिवेसन तथा सातौँ साधारणसभाले भन्सार एजेन्ट संघ भैरहवाका पुर्व अध्यक्ष डा. शान्त कुमार शर्मालाई अध्यक्षमा चयन गरको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा भरतराज घिमिरे (काठमाडौँ), प्रथम उपाध्यक्षमा प्राचिन थैब (भैरहवा), द्वितीय उपाध्यक्षमा किशोर बहादुर शाहि (विराटनगर), तृतिय उपाध्यक्षमा काशिराज उपाध्यय (वीरगञ्ज), महासचिवमा विष्णुमणी खनाल (काठमाडौँ), सचिवमा भाग्यनारायण मिश्र (जनकपुर) र कोषाध्यक्षमा नन्दकिशोर मल्ल (वीरगञ्ज) रहेका छन् ।
यसैगरी सदस्यहरुमा खुवाप्रसाद न्यौपाने (काठमाडौँ), चेतनाथ पौडेल (विराटनगर), शिवनारायण जोशी (काठमाडौँ), शुशील बहादुर गौतम (काठमाडौँ), मनोज राउत कुर्मि (वीरगञ्ज), प्रदीप कुमार उपाध्यय (वीरगञ्ज), विजय कुमार गुप्ता (वीरगञ्ज), नवल किशोर प्रसाद (विराटनगर ) रहेका छन् ।
जयप्रसाद सिवाकोटीको अध्यक्षतामा सम्पन्न अधिवेसनमा उद्योग वाणिज्य महासंघका द्वितीय उपाध्यक्ष उमेशलाल श्रेष्ठ, निमित्त प्रमुख भन्सार विभाग लावष्य प्रसाद ढकाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।















प्रतिक्रिया