धनगढी, १८ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता तथा कैलाली क्षेत्र नं. ४ बामगठबन्धबाट उम्मेदवार बनेका लेखराज भट्टले ७ नम्बर प्रदेशमा गठबन्धनलाई विजयी गराउन संयुक्त विद्यार्थी संगठनलाई निर्देशन दिएका छन् ।
शनिबार धनगढीमा आयोजित ७ नं. प्रदेशस्त्तरीय बाम विद्यार्थी तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टले परिवर्तनका संवाह विद्यार्थी भएकोले बामगठबन्धनलाई विजयी गराउन आह्वान गरे ।
संविधान कार्यान्वयन, आर्थिक सम्बृद्धि र देशको बृहत्तरहीतका लागि बामगठबन्धनले जित्नै पर्ने उल्लेख गर्दै भट्टले भने आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन बामगठबन्धनको पक्षमा पार्न तपाईहरु एक ठिक्का भएर प्रचारप्रसार गर्न जनतामाझ जानुहोस् ।
७ नं. प्रदेशमा प्रशस्तै संभावना हुँदाहुँदै पनि पछि परेको बताउँदै यो प्रदेशलाई सम्बृद्ध बनाउनका लागि बामगठबन्धनले जित्न आवश्यक भएको भट्टले बताए । पश्चगामी सोच भएकाहरु बामगठबन्धनदेखि अत्तालिन लागेकोले राजनीतिक स्थायीत्वका लागि एकजुट हुनु आवश्यक भएको उनको टिप्पणी छ । उनले ७ नं. प्रदेशमा बामगठबन्धनको जीत सुनिश्चत भएको समेत बताए ।
कार्यक्रममा नेकपा एमाले क्षेत्र नं. ५ का उम्मेदवार नरादमुनी रानाले संयुक्त विद्यार्थी संगठनलाई तत्काल बामगठबन्धनलाई जिताउनका लागि एक ढिक्का भएर गाउँ पस्न आग्रह गरे । उनले कुनैपनि शक्तिले बामगठबन्धनलाई निर्वाचनमा हराउन नसक्ने बताए । हामी देश र जनताका पक्षमा रहने पार्टीका कार्यकर्ता हौं उनले भने जनताले हामीलाई विश्वास गर्छन् र निर्वाचन जित्छौं ।
कार्यक्रममा ७ नं. प्रदेशका सयौं विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।












प्रतिक्रिया