काठमाडौं, १७ कात्तिक । भारतीय राजदूत मञ्जिभसिंह पुरी यतिबेला जनकपुर पुगेका छन् । उनी धार्मिक कामको लागि त्यहाँ गएको भनिएपनि नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिका पक्षमा चुनाव प्रचार गर्न जनकपुर पुगेको संकेत मिलेको छ ।
जनकपुरमा स्थानीय ब्यापारी र बुद्धिजीवीविच रामयाण सर्किटको आश्वासन बाँड्ने कार्यक्रम रहेको छ । त्यसका अलावा उनले कांग्रेस उम्मेदवार निधिका पक्षमा चुनावी माहौल तयार गर्न भूमिका खेल्नेछन् । भारतीय गुप्तचर संस्था ‘रअ’का स्टेशन प्रमुख विवेक जोहरीको पहलमा प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा नेपालसँग गर्न खोजेको चुनावी तालमेल प्रयास असफल भएपछि राजदुत पुरी आफैं चुनावी मैदानमा निधिका पक्षमा उत्रिएका हुन् ।
यसअघि धनुषा क्षेत्र नम्बर ३ मा निधि उठ्नभएपछि सो क्षेत्रमा राजेन्द्र महतोलाई नउठाउनको लागि देउवाले राजपासँग चुनावी तालमेल गर्ने प्रयास गरेका थिए । तर त्यसमा राजपाको अध्यक्ष मण्डलका सदस्य महतोले अस्वीकार गरे । त्यस्तोमा बालुवाटारमा देउवाले डाकेको रअसँगको बैठकबाट राजपाका नेताहरुलाई विश्वस्त बनाउन खोजिएको थियो । तर, सो बैठकमा महतो उपस्थित भएनन् । त्यसपछि कात्तिक १६ गते निधि र महतो दुवैले सो क्षेत्रमा उम्मेदवारी दर्ता गरेका छन् । सोही क्षेत्रमा बाम गठबन्धनका तर्फबाट माओवादी नेता रामसिंह यादवले पनि उम्मेदवारी दिएका छन् भने हत्या अभियोगमा जेल परेका पूर्व सांसद संजय साहकी श्रीमती रंगीला साहले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् ।
यसैकारण पनि सो क्षेत्रमा चारपक्षीय प्रतिस्पर्धा हुँदैछ । यस्तो निधिको चुनाव जित्ने सम्भावना न्यून देखेपछि राजदुत पुरी जनकपुरमा निधिको चुनावी माहौल तयार गर्न जाने भएका हुन् । कांग्रेस र मधेस केन्द्रित तालमेलका लागि वार्तामा बसिरहेकै बेला भारतीय दूतावासका विभिन्न च्यानल मार्फत कांग्रेस उम्मेदवारहरु निधि, अमरेश सिंह, प्रदीप गिरी, फर्मुल्लाह मन्सुर लगायतलाई जसरी पनि जित्ने अवस्था सिर्जना गर्न राजपा र फोरमलाई दवाव दिइएको थियो ।











प्रतिक्रिया