महेन्द्रनगर, १८ कात्तिक । युवा संघ नेपालका कञ्चनपुर जिल्ला अध्यक्ष जनकबहादुर शाहीको निधन भएको छ ।
बोन क्यान्सरबाट पीडित शाहीको विहिबार राति निधन भएको एमाले कञ्चनपुरका जिल्ला अध्यक्ष तारालामा तामाङले जानकारी दिए ।
एमाले जिल्ला कमिटी सदस्य समेत रहेका शाही लामो समयदेखि दिल्लीमा उपचाररत थिए । केही दिनअघि उपचार सकेर गृहनगर (घर) झलारी फर्किएका शाहीको विहिबार राति अचानक अस्वस्थ भई निवासमै निधन भएको हो ।
यसैबीच शाहीको निधनले गृहनगर शुक्लाफाटा नगरपालिका (झलारी क्षेत्र) शोकमा डुबेको छ । शाही यो क्षेत्रमा लोकप्रिय थिए ।
पार्टीले दियो सम्मान !
बोन क्यान्सरबाट निधन भएका शाहीको शवलाई एमाले जिल्ला कार्यसमितिले कञ्चनपुरले अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखेको थियो । पार्टी र युवा संघको झण्डा ओढाएर नेता कार्यकर्ताले उनीप्रति सम्मानसहित अन्तिम श्रद्धाञ्जलि दिएका थिए । उनको शुक्रबारै स्थानीय घाटमा दाहसंस्कार गरिएको थियो ।
यसअघि शाहीको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग संकलन भएको थियो । यद्यपी पार्टी केन्द्रीय कमिटी र युवा संघ नेपालको केन्द्रीय कमिटीले भने उनलाई खासै सहयोग गरेन् ।
यो पनि पढ्नुस्ः












प्रतिक्रिया