१ कार्तिक २०८३, आइतबार

नेपाल आइडलका बिजेता टोली बेलायतमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । नेपाल आइडल बिजेता टोली बेलायतका विभिन्न शहरमा आयोजित कार्यक्रममा प्रस्तुति दिन लन्डन आइपुगेको छ ।

पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनल र संसारा ग्रुपअन्तर्गत मनकामना मनी ट्रान्सफरको आयोजनामा बेलायतमा हुने कन्सर्टमा प्रस्तुति दिन उनीहरु लन्डन आएका हुन् ।

नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दासका साथ टप टेनभित्र पर्न सफल प्रमिला राईको टोली हिजो बुधवार लन्डन उत्रिएको हो ।

नेपालमा पहिलो पटक भएको नेपाल आइडलको उपाधि जित्न सफल टोलीलाई बेलायतस्थित नेपाली समुदायको चाहानाअनुरुप कन्सर्ट आयोजना गरिन लागिएको आयोजक मध्यका एक राजाराम गिरीले बताए । गिरीका अनुसार नेपाल आइडलको पहिलो शो भोलि नोभेम्बर ३ मा अल्डरसटस्थित एम्पायर हल हुनेछ ।

यस्तै बाँकी ४ नोभेम्बरमा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम शो १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुनेछ ।

नेपाल आइडल टिम लन्डनस्थित विमानस्थलमा उत्रिँदा उनीहरुको स्वागतको लागि आयोजकहरुको टोली विमानस्थल पुगेको थियो ।

बिजेताहरुको समूहलाई प्रशिक्षण दिन गायक विवेक श्रेष्ठसमेत लन्डन आइपुगेका छन् । श्रेष्ठले नेपाल आइडियलको प्रस्तुति दमदार भए पनि लाइभ कन्सर्टको लागि अनुभव थोरै बटुलेको समूह भएकाले आफू उनीको क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले लन्डन आएको बताए ।

आयोजक तथा पोखरा ट्राभल्सका प्रमुख ज्ञाम गुरुङका अनुसार कन्र्सट आयोजना गर्न करिब ४५ लाख रुपैयाँ लाग्ने अनुमान छ ।

मुख्य आयोजकले ४ वटा शो आफ्नै सकृयतामा आयोजना गरे पनि बाँकी शो भने  सहआयोजकलाई बिक्री गरिएको बताए । गिरीका अनुसार रडिङमा आयोजना हुने कार्यक्रमबाहेक अन्य शोको आयोजना आफ्नै समूहले गरेको हो ।