५ कार्तिक २०८३, बिहिबार

एनआईसी बैंकको नयाँ शाखा चेङ्गवेनी चौकमा खुल्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, १७ कात्तिक । एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुर न.पा. वडा नं. ०७, चेङ्गवेनी चौक, स्थित भोजपुर शाखाको शुक्रबार भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले गरेका छन् ।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो ।

भोजपुर शाखाको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकमहानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।