काठमाडौं, १७ कात्तिक । नेपाली काँग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा उम्मेदवार डा. शेखर कोइरालाले कुनै समय राजनीतिको राजधानी रहेको विराटनगरको पुरानो साख फर्काउने प्रतिबद्धता जनाउनुभएको छ ।
डा कोइरालाले मुलुक, राष्ट्रियता, लोकतन्त्र र सार्वभौमिकता जोगाउन पनी काँग्रेसले जित्न अनिवार्य भएको बताउनुभयो ।
उहाँले लोकतन्त्र समाप्त गरेर मुलुकलाई निरंकुश कम्यूनिष्ट अधिनायकबादतर्फ लैजान लागिपरेको बताउँनु हुँदै कार्यकर्तालाई निर्वाचनमा कटिबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ६ ले बिराटनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै डा कोइरालाले पूर्वाञ्चल विश्वबिद्यालयमा मेडिकल कलेज खोल्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य डा डिला संग्रौला, काँग्रेस युवानेता रमेशजंग रायमाझी, मोरंग क्षेत्र नम्बर ६ का प्रदेशसभा उम्मेदवारहरू चूमनारायण तब्दार (प्रदेश-क), केदार कार्की (प्रदेश-ख) लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।












प्रतिक्रिया