११ मंसिर २०८३, शुक्रबार

मधेशमा विशेष रुपमा सेना परिचालन गर्ने निर्णय भएको छैन्ः रक्षामन्त्री प्रधान

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । रक्षामन्त्री भीमसेनदास प्रधानले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि मधेशमा विशेष रुपमा सेना परिचालन गर्ने निर्णय नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘मधेश, पहाड र हिमाल सबै ठाउँमा एउटै तरिकाले सेना परिचालन हुन्छ, कुनै एक क्षेत्रमा विशेष रुपमा सेना परिचालन गर्ने निर्णय भएको छैन् ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा कार्यक्रममा बोल्दै काठमाडौं क्षेत्र नम्बर ६ काकांग्रेसबाट उम्मेद्धवार समेत बनेका रक्षामन्त्री प्रधानले अहिले मुलुकमा अतिवाद र उग्रवादको बीचमा चुनाव हुन गैरहेकोले चुनावको सुरक्षाको लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गर्ने पूर्ववर्ती निर्णय यथावत नै रहेको बताए ।

उनले मधेशमा विशेष रुपमा सेना परिचालन गर्ने भनेर अहिले कुनै आधिकारिक निर्णय नभएको स्पष्ट पारे । मन्त्री प्रधानले भने, ‘अहिले मधेशमा कुनै संवेदनशीलता देखिएको छैन, सबै ठाउँमा उही हो, मधेश र पहाड दुवै क्षेत्रमा सेना उही रुपमा परिचालन गर्छौं, यो निर्णय पनिअहिले भएको होईन, एक महिना अघि नै भएको निर्णय हो ।’

‘आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउछ’

कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ६ का उम्मदवार समेत रहेका उनले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने समेत दाबी गरे । उनले थपे, ‘हाम्रो पार्टीले बहुमत ल्याउँछ, चुनाव हुनु नै कांग्रेसको जित हो, हामीलाई जसले हारोस वा जितोस भन्नेमा कुनै चिन्ता छैन, चुनाव हुनु नै हाम्रो जित हो, राष्ट्रको जित हो ।’ ०६४ को निर्वाचनमा पनि आफ्नो पार्टीले चुनाव हार्दैछ भन्ने कुरा तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई थाहा हुँदाहुँदै पनि मुलुकले जित्ने देखेर चुनाव गरिएको उल्लेख गर्दै आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरे ।

माओवादी केन्द्रले चुनावको मुखमाआएर एमालेसँग् गठबन्धन गर्नु असुरक्षित महशुस गर्नु नै भएको आरोप लगाउँदै प्रधानले भने, ‘अहिले गठबन्धन बन्नुको मुख्य प्रभाव भनेको नै ३ प्रतिशत थ्रेसहोल्ड हो, अर्को कुरा माओवादी केन्द्रले आफूलाई असुरक्षित महशुस गर्यो, र एमलेको सत्ता आशक्तले गर्दा यस्तो भयो ।’

अहिले चुनावको मुखमा कांग्रेसभित्र गुटैगुट छ निभनेर पत्रकारले सोधेको एक प्रश्नमा मन्त्री प्रधानले भने, ‘हरेक पार्टीमा गुट छ, अमेरिकाको डमोक्रेटिक पार्टीमा त ओबामा र हिलाी क्लिन्टनहरुको बेग्लाबेग्लै गुट छ ।’

यद्धपी उनले उम्मेद्धवारी दर्ताको बेलाबागी उम्मेद्धवारी दर्ता भएको घट्नालाई नौलो रुपमा नलिनको लागि समेत आग्रह गरे । उनले थपे,‘तपाईहरुले गोविन्दराजजोशीको कुरा गर्नुभएको होला, जोशीले रामचन्द्रजीको विरुद्धमा उम्मेद्धवार दिनु गुट होईन, यो त धेरै पहिलेदेखिको व्यक्तिगत टकराव हो, पार्टीगत होईन, यसले केही असर गर्दैन् ।’

मन्त्री प्रधानले आफ्नो चुनावी क्षेत्रमावाम गठबन्धनको तर्फबाट उम्मेद्धवार बनेका माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीलाई चुनावी मैदानमा स्वागत रहेको बताएका थिए । उनले थपे, ‘झक्कुजीलाई स्वागत छ, आगामी दिनमा समेत यसरी नै चाहार्दै जानुहोला ।’ उनले आफूहरुलाई निषेधको राजनीतिमाकुनै रुचि नै नभएको भन्दै सबैलाई स्वच्छ प्रतिष्पर्धामा ल्याउने आफ्नो पार्टीको उद्देश्य रहेको सुनाए ।

उनले भने, ‘हाम्रो पार्टी भनेको सबैसँग सहकार्य गरेर जानुपर्छ भन्ने हो, हुन त हाम्रै पार्टीको नेतवत्ृमा संविधान जारी भयो, चुनाव पनि हाम्रै पालामाभयो, मधेशमा चुनाव भयो, अबपनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन निश्पक्ष, धाँधलीरहित र स्वतन्त्र रुपमा सम्पन्न गर्न गैरहेका छौं ।’