२ कार्तिक २०८३, सोमबार

बाजागाजासाथ उम्मेदवारी दर्ता गराउन गएका नेताको बीचमै टिकट गायब

13.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । बाजागाजासहित मनोनयन दर्ता गर्न गएका एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य श्याम घिमिरेको विचबाटोमै टिकट गायब भएको छ । मनोनयन दर्ता गर्ने बिहीबार बिहानसम्म पनि उनी नै उम्मेद्वार हो भन्ने ढुक्क भएपछि बिजुलीबजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका घिमिरे त्यहाँ पुग्दा आफ्नो नाममा टिकट नभएको थाहा पाएपछि रनभुल्ल परेका थिए ।

एमालेले बुधबार उनको नाम क्षेत्र नम्बर ७ को प्रदेशसभा सदस्य ‘ख’ को उम्मेदवारका रुपमा तय गरेको खबर उनीकहाँ पुगेको थियो । त्यही खबरलाई आधार मानेर उनी बिहीबार बिहानै घरबाट तामझामका साथ, माला भिरेर अगुवा कार्यकर्ताका साथ बिजुलीबजार पुगेका थिए । तर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्दा टिकट अर्कैले पाएको थाहा पाएपछि उनी झसंग हुन पुगे ।

घिमिरे उम्मेदवार बन्ने भनिएको क्षेत्र नम्बर ७ को प्रदेश ‘ख’मा वाम गठबन्धनको तर्फबाट प्रकाश श्रेष्ठ आधिकारिक उम्मेदवार बनेका छन् । श्रेष्ठले क्षेत्र नम्बर ७ का वाम गठबन्धनबाट एमालेका उम्मेदवार रामवीर मानन्धरसँगै आएर उम्मेदवारी दर्ता गराइसकेका थिए । सो क्षेत्रमा श्रेष्ठले उम्मेद्वारी दिइसकेपछि मात्रै घिमिरे उम्मेद्वारी दर्ता गर्न पुगेका थिए ।

क्षेत्र नम्बर ५ बाट उम्मेद्वारी दर्ता गर्न सो कार्यालय पुगेका महासचिव इश्वर पोखरेलबाट केही सहयोगको आशमा उनी पोखरेलसामु पुगेका थिए । तर पोखरेलबाट त्यस्तै कुनै जवाफ नपाएपछि घिमिरेले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने प्रक्रियामा थिए । उनीसँग आएका उनका कार्यकताहरुले एकदिन अगाडि उम्मेदवार हुन् भन्ने र दोस्रोदिन श्रेष्ठलाई उम्मेदवारी दर्ता गराउनुलाई बीचमा चलखेल भएको भनिरहेका थिए ।