२ कार्तिक २०८३, सोमबार

मतपत्र च्यात्नेसँग एउटै अंगालोमा देखिए देवी ज्ञवाली, भाइरल बन्यो तस्विर

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १७ कात्तिक । भरतपुर महानगरपालिकामा स्थानीयक तहको मतगणनाका क्रममा मतपत्र च्यातेको आरोपमा वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपाने र रेणु दाहालका प्रतिनिधि द्रोर्णवावु सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको थियो । सो समयमा रेणु दाहालका प्रतिद्वन्द्वी थिए एमाले उम्मेद्वार देवी ज्ञवाली । मतपत्र च्यातेकै कारण आफूले हार बेहोरेको बताउने ज्ञवाली हाल भने तिनै मतपत्र च्यात्ने द्रोर्ण सिवाकोटीसँग एउटै अंगालोमा देखिएका छन् । द्रोर्णसँग अंगालोमा बाधिएको उनको तस्विर सार्वजनिक भएको हो ।

 

एमाले–माओवादी गठबन्धन बनेपछि प्रचण्डसंगको उनको तस्विर पनि केही समय अगाडी चर्चित बनेको थियो । यति बेला द्रोर्णसँग अंगालोमा बाधिँएको यो तस्विर पनि सामाजिक संजालमा भाइरल बनेको छ । एमाले–माओवादी गठबन्धन बनिसकेपछि उनले यसअघिका सबैकुरालाई राजनितिक परिस्थिति मात्रै हो भन्ने गरेका छन् । बिहीबार प्रतिनिधी सभाको चुनावका लागि चितवन क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मनोनयन दर्ता गराउँन जाँदा पनि ज्ञवाली पहिलो लाइनमा प्रचण्डसगैँ देखिएका थिए । उनी हाल गठबन्धनका उम्मेद्वार ‘प्रचण्ड’लाई जिताउन भोट माग्नको लागि सक्रिय रुपमा हिँडि पनि रहेका देखिन्छन् ।