झापा, १७ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन नगर्न सरकारलाई सचेत गराएका छन् ।
झापाको दमकमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता ओलीले कांग्रेसले सत्ताको दुरुपयोग गरी आचारसंहिता उल्लंघन गरिरहेको आरोप लगाए । ‘नेपाली काँग्रेसलगायत दलले वाम गठबन्धनमाथि गलत र भ्रमपूर्ण लाञ्छना लगाउने काम गरिरहेका छन्,’ ओलीले आक्रोश पोख्दै भने– ‘म भन्न चाहन्छु सत्ताको दुरुपयोग गरी प्रतिपक्षी सिध्याउछु भन्ने कल्पना नगर्नुस्, गलत लाञ्छना लगाउने काम नगर्नुस् । सत्ताको आडमा आचारसंहिताको उल्लङ्घन नगर्नुस् । चुनावमा स्वच्छ प्रतिस्पर्धा गरौं ।’
अध्यक्ष ओलीले निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने र जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुने समेत स्पष्ट पारे । ‘अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि हो, निर्वाचनपछि जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुन्छ र मुलुक समृद्धिको दिशामा जान्छ,’ उनले भने ।
अध्यक्ष ओलीले वाम गठबन्धन यही स्वार्थ पूर्तिका लागि मात्र भएको छ भन्दै मुलुकमा रहेको बेरोजगारीे अन्त्य र गरिब, विपन्न एंव उत्पीडितको हकअधिकारको संरक्षण गर्ने गरी वाम गठबन्धनले यही सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताए ।











प्रतिक्रिया