१५ कार्तिक २०८३, आइतबार

महन्थ र उपेन्द्रलाई हराउन आफ्नै नेताहरू सक्रिय, दिए वागी उम्मेदवारी

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । मंसिर २१ गते हुने निर्वाचनमा मधेसवादी दलका शीर्ष नेता नै बागी उम्मेदवारबाट हैरान भएका छन् ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध नै बागी उममेदवार खडा भएका छन् । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

राजपासँग फोरमले सहकार्य गरे पनि राजपाका सहमहामन्त्री जयप्रकाश गुप्ताले सप्तरी २ मा फोरम अध्यक्ष यादवविरुद्ध उममेदवारी दिएका छन् ।

त्यस्तै महन्थ ठाकुरविरुद्ध राजपाकै निवर्तमान सांसद चन्देश्वर झाले उम्मेदवारी दिएका छन् ।