५ कार्तिक २०८३, बिहिबार

सिप्रदीले चालकहरुलाई प्रशिक्षण दिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ कात्तिक । सिप्रदीयन सहायता संस्था र सिप्रदी ट्रेडिङ प्रालिले कार्तिक १६ देखि २२ गतेसम्म राष्ट्रव्यापी रुपमा चालकहरुलाई प्रशिक्षण दिने भएको छ । ‘सुरक्षित तथा इन्धन मितव्ययी चालक तालिम’ दिन लागिएको सिप्रदीले जनाएको छ । सो कार्यक्रम सिप्रदी ट्रेडिङ प्रालिको काठमाडौं लगायत सिप्रदीका अन्य शाखा कार्यालयहरु इटहरी, विरगंज, नेपालगञ्ज, पोखरा र बुटवलमा संचालन हुने बताइएको छ । नेपालमै पहिलो पटक हुन लागेको वृहत प्रशिक्षण कार्यक्रममा नेपालभरिका १२०० जना चालकहरुलाई तालिम दिने योजना रहेको सिप्रदीले जनाएको छ ।

बढ्दो सवारी साधनको चाप तथा सडक दुर्घटनालाई मध्यनजर गर्दै सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा सो प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको हो । उक्त तालिम कार्यक्रममा परिर्वतित प्रविधिको बारेमा चालकहरुलाई प्रशिक्षित गरिनेछ । साथै, उक्त तालिममा इन्धनको कम खपत, गाडीको क्षमता वृद्धिको बारेमा पनि चालकहरुलाई तालिम प्रदान गरिनेछ ।

यस प्रकारको सवारी चालकतालिमले सवारीको साधारणमर्मत र सवारी दूर्घटना न्यूनिकरण गर्न मद्यत पुग्ने सिप्रदीले बताएको छ । सिप्रदीयन सहायता सस्ंथा, सिप्रदी ट्रेडिङ प्रालिको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सन् २०१२ देखि सञ्चालित छ । सिप्रदीयन सहायता संस्था शिक्षा र दैविप्रकोपमा समाजमा राहत वितरण गर्ने मूख्य उद्देश्यसाथ स्थापना भएको मुनाफारहित गैर सरकारी सामाजिक संस्था हो ।