काठमाडौँ, १६ कात्तिक । ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ योजना अन्तर्गत दोस्रो बम्पर उपहार बुद्धनगरका रमेश तण्डुकारले पाएका छन् । तण्डुकारले ताम्राकार कम्प्लेक्समा जारी लेनेभो मोटोरोला ताम्राकार मोबाइल महोत्सबमा १७ हजारको मोबाइल खरिद गर्दा स्कूटर उपहार पाएको हुन् ।
स्कूटर विजेता तण्डुकारले आफ्नो परिवारमा आबश्यक पर्ने सबै मोबाइल ताम्राकार कम्प्लेक्सबाटै किनेको बताउँदै ताम्राकार बजार नै सबैभन्दा बढी बिश्वासिलो बजार भएको बताए ।
यसअघि ताम्राकारकै बम्पर उपहार योजना अन्तर्गतको पहिलो मोटरसाइकल ससेन्द्र बिक्रम चौधरीले पाएका थिए । ताम्राकारको दशैं तिहार उपहार योजना अन्तर्गत ५० जनाले मोबाइल, ६५ वटा पावर बैंक र ५० भन्दा बढी ब्लुटुथ डिभाइस बितरण गरिएको ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले जानकारी दिए । यो पटकको मेला सफल बनेको बताउँदै ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले मोबाइल पारखीहरुकाविच ताम्राकार मोबाइल बजारले अझ बिश्वास बढाएको बताए ।
मोबाइल महोत्सबमा मोटोरोला मोबाइलले ऐतिहासिक कारोबार गरेको ब्यापार संघका सचिब गुरुदत्त शर्माले बताए । मेला अबधिभरमा लेनेभोको र मोटोरोलाका २ हजारभन्दा धेरै सेटको कारोबार भएकोे जानकारी दिए । महोत्सवलाई लेनेभो र मोटोरोलाले मुख्य प्रायोजन गरेका थिए ।















प्रतिक्रिया