काठमाडौं, १६ कात्तिक । नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवालले ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् ।
ढाका टोपी लगाएका सिलवालले विहिबार दिउँसो निर्वाचन कार्यालय पुगेर नेकपा एमोलका तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् । सिलवालसँगै मनोनयन दर्ताका क्रममा एमाले नेता कार्यकर्ता र युवा वर्ग निर्वाचन कार्यालय पुगेका थिए ।
राज्यले षडयन्त्र गरेर आईजीपी बन्न नदिएपछि सिलवाल प्रहरी सेवाबाट राजीनामा दिँदै राजनीतिमा होमिएका हुन् ।













प्रतिक्रिया