काठमाडौं, १६ कात्तिक । कञ्चनपुर क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारीविरुद्ध पूर्वसांसद समेत रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य पुरन राना थारुले प्रनिनिधिसभामा बागी उम्मेदवारी दिने भएका छन् ।
प्रकाश दाहालकी कान्छी पत्नी विनालाई प्रचण्डले टिकट दिएपछि केन्द्रीय सदस्य राना आक्रोशित बनेका थिए ।
विनालाई हराउन उनले आज उम्मेदवारी दिने अन्तिम तयारी गरेका छन् । प्रचण्डले छोरा, छोरी, बुहारी, ज्वाइँलाई मात्रै टिकट दिएको भन्दै कञ्चनपुर माओवादीभित्र बबण्डर भएको थियो ।
पूर्वमाओवादीका केही नेताहरूको सल्लाहमा कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि तयारी थालेको पूर्वसांसद रानाले बताए ।
रानासहित माओवादी नेता रामबहादुर देउकर र शान्तराम चौधरीले पनि प्रदेशमा चुनाव लड्ने तयारी गरेका छन् ।












प्रतिक्रिया