काठमाडौं, ३० कात्तिक । युरो कप छनोटमा शनिबार राति भएको खेलमा स्पेनले बेलारुसलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
खेलको १८ औं मिनेटमा इस्को र १९औँ मिनेट बस्केटले गोल गरे । खेलको ५५ औं मिनेटमा पेड्रोले गोल गरेपछि स्पेनले ३–० को फराकिलो अन्तरमा बेलारुसलाई सजिलै पाखा लगायो ।
त्यस्तै अन्य खेलमा स्लोभाकियाले मासेडोनियालाई २–० र युक्रेनले लग्जम्बर्गलाई ३–० ले पराजित ग¥यो ।
जितसँगै स्लोभाकिया ४ खेलबाट १२ अंकका सात समूह सीको शीर्ष स्थानमा छ भने ९ अंक जोडेको स्पेन दोस्रो स्थानमा छ । समान अंक जोडेको युक्रेन गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।
त्यस्तै अर्को खेलमा इंग्ल्याण्डले स्लोभेनियालाई ३–१ ले पराजित गरेको छ । जितपछि इंग्ल्याण्ड चार खेलबाट १२ अंकका साथ समूह इको शीर्ष स्थानमा छ भने स्लोभेनिया ६ अंकसहित दोस्रो स्थानमा छ ।













प्रतिक्रिया