
काठमाडौं, १६ कात्तिक । नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सार्दै काठमाडौँबाट प्रदेश सभामा उम्मेदवार बनाएको छ ।
एमाले स्थायी समितिले शाक्यलाई काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ को खबाट प्रदेशसभा उम्मेदवार बनाएको हो । शाक्य एमालेको पुरानी नेतृ हुन् । यसअघि दोलखाका पशुपति चौंलागाई, धादिंगका राजेन्द्र पाण्डे, सिन्धुपाल्चोकका अरुण नेपाल एमालेका मुख्यमन्त्रीका दाबेदार थिए । तर, पार्टी उपाध्यक्ष नै प्रदेश सभामा उम्मेदवार बनेपछि अब तीन नम्बर प्रदेशको मुख्यमन्त्री को भन्ने प्रश्न सकिएको छ ।
एमालेले प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं २ मा वरिष्ठ नेता माधवकुमार नेपाल, ३ मा काठमाडौँ जिल्ला अध्यक्ष कृष्ण राई, ४ मा पूर्व सांसद राजन भट्टराई, क्षेत्र नम्बरर ५ मा पार्टी महासचिव ईश्वर पोखरेल, ७ मा पूर्वसांसद रामवीर मानन्धर, ८ मा केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ र ९ मा केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठलाई एमालेले उम्मेदवार बनाएको छ ।
यसैगरी, प्रदेशसभातर्फ क्षेत्र नम्बर १ को कमा विष्णुकुमारी भुसाल र खमा गणेश दुलालले उम्मेदबार बनेका छन् । निर्वाचन क्षेत्र नम्बर २ को कमा सानुकुमार श्रेष्ठ र खमा मणिराम फुयाँलले टिकट पाएका छन् ।
क्षेत्र नम्बर ३ को खमा पूर्वसांसद रामेश्वर फुयाँल उम्मेदवार बनेका छन् । काठमाडौँ ४ को कमा निर्मल कुइँकेल र खमा कुसुम कार्की उम्मेदवार बनेका छन् ।
यसैगरी, काठमाडौँ क्षेत्र नम्बर ५ को कमा नारायण सिलवाल र खमा दिपक निरौला उम्मेदवार बनेका छन् ।
काठमाडौँ ६ को कमा पूर्वमेयर केशव स्थापित उम्मेदवार बनेका छन् । खमा योगेन्द्र संगौला उम्मेदवारले टिकट पाएका छन् ।
काठमाडौँ ७ को कमा बसन्त मानन्धरले टिकट पाएका छन् । उनी यसअघि काठमाडौंको मेयरको आकांक्षी थिए । खमा प्रकाश श्रेष्ठले टिकट पाए ।
काठमाडौँ ८ को कमा सुरेश शाक्यले टिकट पाएका छन् । ९ को कमा अजयक्रान्ति शाक्य र खमा केशव पोखरेल उम्मेदवार बनेका छन् ।
काठमाडौँ १० को खमा रमा आले मगर उम्मेदवार बनेकी छिन् ।
वाम गठबन्धनबाट माओवादीले काठमाडौं क्षेत्र नम्बर १ मा अनिल शर्मा ,६ मा झक्कु सवेदी, ८ मा उमेश स्थापित र १० मा हितमान शाक्यलाई उम्मेदवार बनाएको छ । बाम गठबन्धनमा रहेको माओवादीले काठमाडौँमा प्रतिनिधिसभामा ४ र प्रदेश सभामा २ सिट मात्रै पाएको छ । भारी मतले विजयी हुने गठबन्धनको विश्वास छ ।















प्रतिक्रिया