२ कार्तिक २०८३, सोमबार

‘तपाईं प्रधानमन्त्री अनि प्रचण्ड पार्टी अध्यक्ष हुने हो’ भन्ने प्रश्नमा ओलीले के भने ?

68.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १६ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मनोनयन दर्ताका लागि विराटनगर हुँदै झापा पुगेका छन् ।

झापा ५ बाट प्रतिनिधिसभा उम्मेदवार बन्न लागेका ओली बिहीबार बिहान जहाजमार्फत काठमाडौंबाट विराटनगर हुँदै गृहनगर दमक पुगेका हुन् ।

विराटनगर विमानस्थल पुग्नासाथ ओली संचारकर्मीले घेरिएका थिए । त्यसैमध्येका एकजना संचारकर्मीले सोधे– ‘तपाईं प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष र माधव नेपाल राष्ट्रपति हुने हो ?’

ओलीले मुसुक्क हाँस्दै जबाफ फर्काए – ‘तपाईंको मुखमा दुध र भात होस् ।’ ओली यत्ति भनेर उम्कँदै थिए । तर, संचारकर्मीले फेरि दोहोर्याएर सोधेपछि ओलीले थपे –‘अहिलेसम्म हाम्रो कुनै निर्णय भएको छैन् । म पहिले प्रधानमन्त्री नभएको पनि हैन् ।’

एमाले राष्ट्रिय एकता, शान्ति, समृद्धि र स्थायित्वको पक्षमा रहेको भन्दै ओलीले अब खुद्रे दलहरु घट्ने बताए ।

ओलीले काँग्रेसलाई राष्ट्रिय एकता, समृद्धि र विकास विरोधी पार्टीको संज्ञा दिए ।