१ कार्तिक २०८३, आइतबार

नेपाली–अमेरिकन राजनीतिक सशक्तिकरण मंच गठन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेप्लिज अमेरिकन फोरम फर पोलिटिकल ईमपावरमेन्ट एनएएफपीई, नेपाली अमेरिकन राजनीतिक सशक्तिकरण मंच गठन भएको छ ।

अमेरिकामा सन् १९९० को दशक पछि नेपालीहरुको जनघनत्व बिज गणतीय रुपमा वृद्धि भै रहेको अवस्थालाई मध्ये नजर गर्दै अन्य मुलुकका नागरिकहरुले जस्तै अमेरिकन मूलधारमा नेपाली अमेरिकनहरुले पनि प्रवेश गर्न पाउन भन्ने हेतुले एनएएफपीई गठन गरिएको हो ।

हाल सालै भर्जिनियामा दर्ता भएको उक्त संस्थाले बिशेष स्थानीयस्तरदेखि नै अमेरिकी मूलधारको राजनीतिमा सहभागिता हुन् सकोस र हाम्रा आवाजहरु पुग्न सकोस भन्ने उदेश्यले एनएएफपीईको परिकल्पना गरिएको यस्का संस्थापक तथा कार्यकारी अधिकारी जीवन तिवारीले दिएका छन् ।