११ मंसिर २०८३, शुक्रबार

बाजुरा कांग्रेसमा टिकटलाई लिएर असन्तुष्टि

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओली

बाजुरा, १६ कात्तिक । प्रतिनिधि सभा र प्रदेश सभाको टिकट वितरणको विषयलाई लिएर नेपाली कांग्रेस बाजुराभित्र व्यापक असन्तुष्टि बढेको छ ।

प्रत्यक्षदेखि समानुपातिकतर्फको टिकट बाँडफाँटमा एकलौटी गरेकोमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर कार्यकर्ताले खुलेरै विरोध गरेका छन् ।

संस्थापन पक्षको नाममा आफ्ना भनिएका व्यक्तिहरूलाई सूचीमा समावेश गरेको र बर्षौदेखि पार्टी संगठन निर्माणमा खटिएका व्यक्तिलाई किनारा लगाएको कार्यकर्ताको आरोप छ । प्रतिनिधि सभा तर्फ कांग्रेसले समानुपातिकमा विद्यादेवी तिमिल्सेनालाई सूचीमा राखेको छ ।

तिमिल्सेनाको मतदाता नामावली बाजुरामा भएपनि हाल कालिकोटको बासिन्दा हुन् । दाई डाक्टर अंगराज तिमिल्सेनाको दबाब र पार्टी सभापति शेरबहादुर देउवाको एकल निर्देशनमा नाम सूचीमा राखेको आरोप अर्को पक्षको छ ।

महासमिति सदस्य, नेपाल महिला संघको केन्द्रीय सदस्य जुना कुमारी दानीलाई फरक गुट भएकै कारण बाईपास गरेको एक नेताले बताए । गुटकै कारणले नेतृत्वले पेल्न खोजेपनि कार्यकर्ताले त्यसको परिणाम देखाई दिने नाम नबताउने सर्तमा जिल्ला कार्य समिति सदस्य समेत रहेका ती नेताले भने ।

कांग्रेस भित्र यतिबेला चरण गुटबन्दी हाबी भएको छ । देउवा पक्षधर नेताहरुले जिल्ला देखि केन्द्रसम्म एकलौटी गरेको आरोप उनीहरुको छ । टिकटको विषयलाई लिएर सामाजिक सञ्जालमा पनि व्यापक विरोध गरिएको छ ।

कांग्रेसले प्रतिनिधि सभा तर्फ देउवा पक्षका कविराज पण्डित र प्रदेश निर्वाचन क्षेत्र (ख) तर्फ देउवा पक्षकै पदम बहादुर शाहीले टिकट पाएका छन् । प्रदेश (क) मा कसैको दाबी नपरेपछि सिटौला पक्षधर जनकराज गिरी सर्वसम्मत भएका थिए ।

पूर्व भूमिसुधार सहायक मन्त्री गिरीको सर्वसम्मत नाम पठाएकोमा देउवा क्याम्पसमा ठूलो बहस चलेको श्रोतको दाबी छ । अरुको नाम पनि पठाईदिएको भए हुन्थ्यो नि, किन जनक गिरीको नाम मात्र पठाएको, पूर्व मन्त्री समेत रहेका देउवा पक्षका एक नेताले बालुवाटरमै आक्रोशीत हुदै अभिव्यक्ति दिएको बझ्नमा आएको छ ।

२०७० सालको निर्वाचनमा कांग्रेसलाई हराउनकै लागि माओवादी केन्द्र प्रवेश गरेका पदम बहादुर शाहीलाई गुटकै कारण टिकट दिएको भन्दै २५ वर्ष काँग्रेसको पार्टी सभापति भएका मनबहादुर रावलले पार्टी छोडेका छन् । भने असन्तुष्ट कार्यकर्ताको जमाथ बाक्लीदै गएको छ ।

समानुपातिक तर्फको सूची सार्वजनिक भएपछि सामाजिक सञ्जालमा झनै अन्तुष्टी देखिएको छ । काँग्रेससँग नजिक कानुन व्यवसायी हर्क खडायतले कांग्रेसले बाजुरालाई पटक पटक ठगेको गुनासो गरेका छन् ।

कांगे्रसका सक्रिय कार्यकर्ता केपी रेग्मीले पार्टी सभापति शेरबहादुर देउवालाई सदाका लागि बहिष्कार गर्नु पर्ने स्टाटस पोष्ट गरेका छन् ।
जबसम्म शेरेलाई बहिष्कार गरिन्न, तबसम्म बाजुरेली असली काँग्रेसीहरु अवसरबाट वञ्चित हुनेछन्, बाजुराका शेरे भन्ने प्यानलका महा मानवलाई यो सौतेनी व्यवाहार देखेर दिमाग पलाओस शेरेका गुलामीहरुले बुझु्न भन्ने अभिव्यक्ति नै पोष्ट गरेका छन् ।

प्रतिनिधि सभाको टिकट नपाएपछि काँग्रेसका विद्यार्थी देखि युवा नेताहरुले साजिक सञ्जालमा पार्टी नेतृत्वको खुलेरै विरोध गरेका छन् । देउवाले पार्टी नभई गुट चलाएको र आफू पक्षधर बाहेकलाई वाई गरेकोमा उनीहरुको आपत्ती छ ।

प्रतिनिधि सभामा काँग्रेस भित्रकै चर्चित पात्र केन्द्रीय सदस्य बद्री पाण्डेलाई पाखा लगाएर जिल्ला पार्टी सभापति कविराज पण्डितलाई टिकट दिएका छन् । बाम गठबन्धनले त्रसिएको काँग्रेसलाई एकलौटी टिकट वितरणले झनै कमजोर बनाउने आँकलन गर्न थालिएको छ ।

तर पार्टी जिल्ला सचिव दीपक शाहले टिकट पाएका र नपाएका मध्ये सबैको भूमिका र योग्यता एकनासको भएकोले गुटको कुरा जोड्न राम्रो नहुने बताए । केहीले असन्तुटी राख्नुमा अन्यथा नभएको बताए ।