१५ कार्तिक २०८३, आइतबार

कांग्रेससँगको गठबन्धन भत्कियो, वाम गठबन्धनलाई फाइदा

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । निर्वाचन क्षेत्र भागबण्डा नमिलेपछि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन संकटमा परेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमको सयुक्त गठबन्धनसँग कांग्रेसको भागबण्डा नमिलेपछि तालमेल नहुने भएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

प्रदेश २ मा राजपा र फोरमले प्रतिनिधिसभामा न्यूनतम २० सिट र प्रदेशसभामा ४० सिट मागेका थिए ।

यो प्रदेशमा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छन् । कांग्रेसले ५० प्रतिशतभन्दा बढी (प्रतिनिधिसभामा कम्तिमा १७ सिट) चाहिने अडान राखेपछि राजपा र फोरमसँग तालमेलको संभावना करिब समाप्त भएको हो ।

राजपा र फोरम गठबन्धनले प्रदेश २ लाई ‘आफ्नो प्रभाव क्षेत्र’ भन्दै कांग्रेसलाई अन्य प्रदेशमा सघाउने बचन दिएका थिए । राजपा र फोरमले स्थानीय तहमा प्राप्त मतका आधारमा यो प्रदेशमा कांग्रेसलाई १४ सिट दिन तयार भएका थिए ।

तर कांग्रेस १७ सिट भन्दा तल झर्न नमानेपछि सहमति हुन नसकेको पार्टी सभापति एंव प्रधानमन्त्री शेरवहादुर देउवा निकट स्रोतले बतायो । चुनावी तालमेलका लागि बुधबार दिनभरजसो कांग्रेस, राजपा र फोरमका नेताहरुबीच बार्ता भएको थियो ।

बार्ता सहमतिमा नपुगेपछि राजपा नेताहरुले ‘कांग्रेसको घमण्डका कारण लोकतान्त्रिक गठबन्धन धरापमा परेको’ बताए ।

‘कांग्रेसका नेताहरुमा दुरदृष्टि देखिएन, लोकतान्त्रिक गठबन्धन बनाएर जानुपर्छ भन्ने हाम्रो अन्तिम प्रयास थियो,’ बैठकपछि राजपा नेता राजेन्द्र महतोले भने, ‘कांग्रेसकै कारण तालमेल हुन सकेन ।’