२१ कार्तिक २०८३, शनिबार

राप्रपा बैतडीमा पहिरो, लख्खा भाइसहित सयौं कार्यकर्ता वाम गठनबन्धनमा प्रवेश

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, १५ कात्तिक । राप्रपाका केन्द्रिय सदस्य तथा ७ नम्बर प्रदेश सहसंयोजक पुष्करराज जोशी ‘लख्खाभाई’ बाम गठनबन्धनमा प्रवेश गरेका छन् ।

उनलाई आज बैतडीको खोड्पेमा भएको विशेष चुनावी सभामा एमाले उपाध्यक्ष भीम रावल, माओवादी केन्द्रका जिल्ला ईन्चार्ज नरेन्द्र कुँवर बिजयसुन्दर लगायतका नेताहरुले टिका लगाएर गठबन्धनमा स्वागत गरेका छन् । जोशी अखण्ड सुदूरपश्चिम आन्दोलनका अगुवा पनि हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष रावलले वाम गठबन्धन अहिलेको आवश्यकता रहेको बताए । नेपाली जनतालाई अस्थिर राजनीतिबाट मुक्त गराउन वाम गठबन्धन आवश्यक रहेकोे स्पष्ट पारे ।

नेता रावलले आगामी निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याइ विजयी हुने दाबी गरे । ‘आगामी निर्वाचनमा बहुमत ल्याउछौँ अनि आर्थिक समृद्धितिर अग्रसर हुनेछौं,” उनले भने ।