चन्द्रौटा(कपिलवस्तु), १५ कात्तिक । कपिलवस्तुमा मदन भण्डारी स्पोर्टस एकेडेमीको शाखा गठन गरिएको छ । खेलको माध्यमबाट युवाहरुको सृजनशिलतालाई अगाडि बढाउन जिल्लामै पहिला पटक मदन भण्डारी स्पोर्टस एकेडेमी गठन गरिएको हो । जिल्लाको चन्द्रौटामा सम्पन्न भेलाबाट गठित स्पोर्टस क्लबमा महादेव पोखरेल सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका छन् । यसैगरी भेलाले ३५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको बताइएको छ ।
प्रथम जिल्ला भेलामा प्रमुख अतिथिको आसनबाट बोल्दै एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जिल्लामा पहिलो पटक युवाहरुले आप्mनो रुचि अनुसार खेलकुद क्षमता अभिबृद्धिमा अध्ययन केन्द्रको रुपमा स्थापित होस् भन्ने शुभकामना दिनुभएको थियो । कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमी केन्द्रिय उपाध्यक्ष ध्रव आचार्य, शिवराज नगरप्रमुख नेत्रराज अधिकारी, मदन भण्डारी स्पोर्टस ऐकेडेमी केन्द्रिय सदस्य तेजेन्द्र पाण्डे, क्षेत्र नं.३ केन्द्र प्रतिनिधिसभा उम्मेदवार तथा पुूर्व भौतिक योजना राज्यमन्त्री ईश्वर दयाल मिश्र, प्रदेशसभा उम्मेदवार अर्जुन केसी, युवा संघ केन्द्रिय सदस्य टोपलाल पोख्रेल, युवा संघ जिल्ला अध्यक्ष गणेश के.सी. लगाएतले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी अञ्चल अध्यक्ष मेखराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अञ्चल उपाध्यक्ष मिनप्रसाद पोख्रेलले स्वागत गर्नुभएको थियो ।
















प्रतिक्रिया