भैरहवा, १३ कात्तिक । दोस्रो चरणको निर्वाचन अन्र्तगत मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनको लागी रुपन्देहीमा मुख्यतया बाम गठबन्धन र कांग्रेस गठबन्धनबीच प्रतिसपर्धा हुने देखिएको छ ।
५ वटा संघ सदस्यको लागी एमाले माओवादी गठबन्धनबाट एमालेका क्षेत्र नम्बर १ मा घनश्याम भुसाल, क्षेत्र नम्बर २ मा विष्णु प्रसाद पौडेल, क्षेत्र नम्बर ३ मा डा. विजय पौडेल, क्षेत्र नम्बर ४ मा ओमप्रकाश यादव गुल्जारी र क्षेत्र नम्बर ५ मा माओवादी केन्द्रका डिलाराम आचर्यले उमेदवारी दिने भएकाछन् । क्षेत्र नम्बर १ र ३ मा उमेदवार फेरबदल हुन सक्ने पनि देखिएको छ । त्यस्तो भएमा ३ मा पुस्पान्जली उपाध्यय र लिला गिरी मध्ये एकजनाले उमेदवारी दर्ता गर्न सक्ने देखिएको छ ।
कांग्रेस, राप्रपाको गठबन्धनबाट रुपन्देही १ मा अब्दुल रज्जाक, २ मा युवराज गिरी, ३ मा राप्रपाका दिपक बोहरा, ४ मा प्रमोद यादव र ५ मा भरत कुमार शाहले उमेदवारी दिने बुझिएको छ । राजपासंग सहकार्य भएमा यो गठबन्धनबाट ४ नम्बर क्षेत्रबाट कांग्रेसले सवेन्द्रनाथ शुक्लालाई सहयोग गर्ने पनि देखिएको छ ।
यसैगरी गठबन्धनबाट भागबन्डाका आधारमा प्रदेश तर्फ पनि उमेदवारी दर्ता हुदैंछ । जिल्लाभरी १० वटा प्रदेशसभाका सदस्य चुनिनेछन् । कुल ५ लाख २२ हजार ६ सय २ जना मतादाता रहेको रुपन्देहीमा बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यलय बसडिलवा भैरहवामा बसेको राजनितीक दलको सर्वदलिय बैठकले दलहरुको उम्मेदवारी मनोनयन गर्ने समयावधि तोकेको छ ।
सहायक निर्वाचन अधिकृत सन्जिब पोखरेलले दिएको जानकारी अनुसार विहीबार दिउसो १२ बजे नेकपा माक्र्सवादीले , १ बजे राष्ट्रिय जनमोर्चाले, साढे १ बजे राष्ट्रिय जनमुक्ति पाटिले, २ बजे संघिय समाजबादी फोरमले , ३ बजे नेकपा एमालेले गठबन्धनले र ४ बजे कांग्रेस गठबन्धनले उमेदवारी दर्ताकोलागी समय पाएका छन् ।
आशा र निराशा
राजनितीक गठबन्धनले जिल्लामा कतैं आसा त कतैं भरोसा जन्माएको छ । गठबन्धनको कारण पाटिमा त्याग र बलिदानी दिएका कार्यकर्ताहरुमा निराशा छाएको छ भने साना दलहरुले टेकों पाउने आशामा भरोसा पैदा गरेका छन् ।
भैरहवाकै सन्दर्भको कुरा गर्दा नेपाली कांग्रेसको गठबन्धनले राप्रपाका दिपक बोहरालाई प्रतिनिधी सभाको र फोरम लोकतान्त्रिकका देवी प्रसाद चौधरीलाइ ३ नम्बर प्रदेश –क) को उमेदवार बनाएपछि कांग्रेसमा असन्तुष्टि चुलिएको छ । प्रदेश सभाका आंकाक्षीहरु दिपक क्षेत्री न्यौपाने, ओमकुमार श्रेष्ठको समुहले तिब्र असन्तुष्टि व्यक्त गरेका छन् । यसैगरी प्रतिनिधीसभाका आकांक्षी रामकृष्ण ताम्रकार पनि असन्तुष्ट भएका छन् ।
यसैगरी एमालेले ३ (क) मा माओवादी गठबन्धका अनुप बराललाई सघाउने भएपछि एमालेभित्र पनि तिब्र असन्तुष्टि सृजना हुने देखिएको छ । प्रदेशसभाका आकांक्षीहरु डा. रामप्रसाद बस्याल, ज्ञानदेव हटुवाल र भरत कुमार पोखरेलले पनि पाटिले माओवादीलाई सघाउने भएपछि असन्तुष्ट देखिएका छन् ।
राजनितीक संरचना
आगामी मसिँर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागी क्षेत्र छुटाईएको छ । रुपन्देही क्षेत्र न १ अन्तरगत प्रतिनिधि सभाका लागी देबदह नगरपालिका तिलोत्तमा नगरपालिकाको वडा नम्बर ७, , ९, १०, ११, १२, १५, १६ र १७ रहेका छन भने ओमसतिया गाँउपालिकाको वडा न १, २, ३, ४, ५, र ६ र रोहिणी गाँउपालिका रहेको छ । प्रदेश सभा अन्तरगत १ क मा देबदह नगरपालिकाको १, २, ३,४,५,६,७,८,९,११ र १२ परेको छ । तिलोत्तमा नगरपालिकको ११ नम्बर, रोहिणी गाँउपालिकाको ३,४,५,६ र ७ एव ओमसतिया गाँउपालिकाको वडा न ६ रहेको छ । त्यस्तै प्रदेश सभा अन्तरगत १ ख अन्तरगत देबदह नगरपालिका वडा न १०, तिलोत्तमा नगरपालिकको वडा न ७,८,९, १०,१२, १५,१६ र १७, ओमसतिया गाँउपालिकोको वडा न १,३,४ र ५, तथा रोहिणी गाँउपालिकाको वडा न १ र २ रहेका छन ।
क्षेत्र न २ मा प्रतिनिधि सभामा बुटवल उपमहानगरपालिकाको वडा न १ देखी १३ सम्म, सैनामैना नगरपालिकको वडा न १ देखी ४ सम्म, तिलोत्तमा नगरपालिकको वडा न १ देखी ६ सम्म कायम गरिएको छ । प्रदेश सभाका लागी २ क मा तिलोत्तमा नगरपलिकको वडा न १ देखी ६ सम्म,बुटवल उपमहानगरपालिकको वडा न ७,९,१० र ११, प्रदेश २ ख अन्तरगत सैनामैना नगरपालीकाको वडा न १ देखी ४, बुटवल उपमहानगरपालिकाको वडा न १,२,३,४,५,६,८,१२, र १३,रहेका छन ।
क्षेत्र न ३ मा सिद्धार्थनगर नगरपालिकाका सबै वडा, बुटवल उपमाहानगर पालिकको वडा न १४,१५,१६,१७,१८,र १९, मायादेबी गाँउपालिकोको वडा न ७ र ८, ओमसतिया गाँउपालिकाको वडा न २,सियारी गाँउपालिकाको वडा न १,२,३,४,६र ७, शुद्धोधन गाँउपालिकाको सबै वडा र तिलोत्तमा गाँउपालिकको वडा न १३ र १४ रहेका छन । प्रदेश सभा अन्तरगत ३ क मा सिद्धार्थनगर नगरपालिका, मायादेबी गाँउपालकिाको वडा न ७ र ८, ओमसतिया गाँउपालिकाको वडा न २,सियारी गाँउपालिकाको वडा न १ , तिलोत्तमा नगरपालिकको वडा न १४ रहेका छन । ३ ख अन्तरगत तिलोत्तमा नगरपालिकाको वडा न १३ , सियारी गाँउपालिकाको वडा न १, २,३,६र ७, शुद्धोधन गाँउपालिका र बुटवल उपमहानगर पालकिाकोवडा न १६ देखी १९ सम्म रहेका छन ।
क्षेत्र न ४ अन्तरगत प्रतिनिधि सभामा कोटईमाई गाँउपालिका,लुम्बिनी साँस्कृतिक नगरपालिकको वडा न २,१२ र १३ ,मर्चवारी गाँउपालिका, मायादेबी गाँउपालिकाको वडा न २ देखी ६ सम्म,सम्मरीमाई गाँउपालिका, र सियारी गाँउपालिकाको वडा न ४ र ५ रहेका छन । प्रदेश सभा अन्तरगत ४ क मा मर्चवारी गाँउपालिकाको वडा न १ देखी ७ सम्म, सम्मरीमाई गाँउपालिका, र लुम्बिनि साँस्कृतिक नगरपालिकाको वडा न १, १२ र १३ रहेका छन । ४ ख अन्तरगत मर्चवार गाँउपालकाको वडा न ६, कोटईमाई गाँउपालिका, मायादेबी गाँउपालिकाको वडा न २ देखी ६ सम्म र सियारी गाँउपालिकको वडा न ४ र ५ रहेका छन ।
क्षेत्र न ५ प्रतिनिधि सभा अन्तरगत सैनामैना नगरपालिकाको वडा न ५ देखी ११ सम्म, कँचन गाँउपालिका, लुम्बिनि साँस्कृतिक नगरपालिकाको वडा न १ देखी ११ सम्म, मायादेबी गाँउपालिकाको वडा न १ र गैडहवा गाँउपालिका रहेका छ ।
प्रदेश सभा ५ क अन्तरगत सैनामैना नगरपालिकाको वडा न ५ देखी ११ सम्म,कँचन गाँउपालिका,गैडहवा गाँउपालिकाको वडा न ६ देखी ९ सम्म रहेका छन । क्षेत्र न ५ अन्तरगत लुम्बिनि साँस्कृतिक नगरपालिकाको वडान १ देखी ११ सम्म, मायादेबी गाँउपालिकाको वडा न १ र गैडहवा गाँउपालिका रहेका छन ।













प्रतिक्रिया