काठमाडौँ, १५ कात्तिक । ग्लोबल आइएमई बैंकले अब भाइबरबाट पनि आफ्नो बैंकिङ सेवा दिने भएको छ । बैंकले नेपालमै पहिलोपटक भाईबर मार्फत बैंकिङ सेवा सुरु गरेको हो ।
उक्त भाईबर बैंकिङ सेवा मार्फत ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्पुटरलगायतबाट बैंकिङ सेवाको बारेमा जानकारी लिन सक्नेछन् । भाईबर बैंकिङ सेवा लिनको लागि ग्राहकको मोबाइल नम्बर बैंकको ग्लोबल स्मार्ट मोबाईल बैंकिङ सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ ।
ग्राहकले यो सेवा प्रयोग गरेर खातामा रहेको रकम हेर्न, क्रेडिट कार्ड, कर्जा सुबिधा, मुद्धती खाता लगायत बैंकका अन्य सेवाको बारेमा जानकारी लिनसक्ने बैंकले जनाएको छ । यो सेवा ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले पनि उपयोग गर्न सक्ने बैंकले बताएको छ । खाता नभएका व्यक्तिले यो सेवा मार्फत बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् ।
बैंकले ग्राहकको सुबिधालाई ध्यानमा राख्दै विभिन्न समयमा आफ्ना सुबिधाहरु परिमार्जन गर्दे आईरहेको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्धेश्यले बैंकले १०८ वटा शाखा, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, १२३ वटा एटिएम काउण्टर, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले जानकारी दिएको छ ।















प्रतिक्रिया