काठमाडौं, १५ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ यसपटकको चुनावमा नउठ्ने भएका छन् । उनलाई सिधै राष्ट्रिय सभामा ल्याउने चर्चा छ ।
थापालाई उठाउने भनिएको पछिल्लो निर्वाचन क्षेत्र काठमाडौं–१० मा पनि ‘बादल’को पक्षमा निर्णय नआएपछि उनी चुनावमा नउठ्ने बताएको पार्टीका एक नेताले बताए ।
यसअघि ‘बादल’लाई चितवन क्षेत्र नं. २ बाट उठाउने माओवादी केन्द्रको योजना थियो । तर सो क्षेत्रमा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल उठ्ने भएपछि उनलाई उठाउन अन्य क्षेत्रको खोजी गरिएको थियो ।
त्यसपछि उनलाई काठमाडौं क्षेत्र नं. १० बाट उठाउने तयारी गरिएपनि अन्तिम समयमा त्यस क्षेत्रबाट हितमान शाक्य उम्मेदवार बन्ने भएपछि बादल चुनावी प्रतिस्पर्धामा नआउने पक्का भएको हो । उनलाई पछि नवलपुरबाट उठाउने विषयमा पनि चर्चा भएको थियो ।











प्रतिक्रिया