५ कार्तिक २०८३, बिहिबार

बालाजु अटोवर्कले भ्यानबाट मोबाइल सर्भिस सेवा दिने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कत्तिक । अग्नि ग्रुप प्रालिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्र्स प्रा.लि.ले महिन्द्रा गाडीहरुको लागि सुविधा सम्पन्न मोबाइल सर्भिस भ्यानबाट सेवा दिने भएको छ । यो सेवासँगै उपत्यकाभित्र कुनै पनि स्थानमा महिन्द्राका गाडी बिग्रेको खण्डमा दक्ष प्राविधिक सहितको टोली गाडी विग्रेको स्थानमै पुगी मर्मत गर्ने छन् ।
कम्पनीले आयोजना गरेको एक कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याविनेट श्रेष्ठ, महिन्द्रा एण्ड महिन्द्राका कन्ट्रि हेड काणलकर चैतन्य, कन्ट्री म्यानेजर तपश पट्टनाएकले मोबाइलभ्यान र मोबाइल सर्भिस बाइकको साँचो हस्तान्तरण गरी सेवाको शुभारम्भ गर्नुभएको थियो ।
बालाजू अटोवर्कले सञ्चालनमा ल्याएको मोबाइल सर्भिस सुविधा गाडी मर्मत गर्न चाहिने आवश्यक मेसिन तथा औजार जडान गरिएको छ । हालको लागि यो सेवा काठमाडौं उपत्यका भित्र मात्रै लागु गरिएको भएपनि भविष्यमा क्रमशः देशभरका प्रमुख सहरहरुबाट सेवा प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ । बालाजु अटोवर्क प्रा.लि.का सर्भिस हेड शिब सुदन श्रेष्ठले विक्री पछिको गुणस्तरीय एवं ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यसहित बालाजु अटोवर्क प्रा.लि.का दक्ष प्राविधिकहरुले मोबाइल सर्भिस भ्यान मोबाइल बाईक मार्फत् छिटो छरितो माध्यमबाट गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको जानकारी दिनु भयो ।