२१ कार्तिक २०८३, शनिबार

गुल्मीमा यस्तो हुनेछ वाम गठबन्धन र काँग्रेसका उम्मेदवारबीच भीडन्त

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, १५ कात्तिक । आगामी मंसिरमा हुने प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनको लागी गुल्मीमा बाम गठबन्धनले उम्मेदवार टुङ्गो लगाएका छन् । दुई निर्वाचन क्षेत्र र चार वटा प्रदेश क्षेत्र रहेको जिल्लामा नेकपा एमाले माओवादी गठबन्धन सहित नेपाली काँग्रेसले पनि उम्मेदवार टुङ्गो लगाएको छ ।

गुल्मीमा बाम गठबन्धनबाट २ वटै प्रतिनिधि सभाको उम्मेदवार र २ वटा प्रदेशसभा क्षेत्र एमाले पाउने भएको छ । माओवादीले २ वटा प्रदेश सभा पाउने गरि गठबन्धनबाट उम्मेदवार बनेका छन् । गठबन्धनबाट क्षेत्र नम्बर १ मा प्रतिनिधी सभाको लागी प्रदिप ज्ञवाली उम्मेदवार सिफारिस भएको बाम गठबन्धनको सदस्य जंग नेपालीले जानकारी दिए ।

सोहि क्षेत्रबाट प्रदेश सभा तर्फ माओवादीका सुर्दशन बराल र एमालेबाट कमलराज श्रेष्ठ उम्मेदवार सिफारिस भएका छन् । प्रदेश सभामा सिफारिस भएका २ जना पूर्व संसद हुन् । गठबन्धनबाट क्षेत्र नम्बर २ बाट गोकर्ण बिष्ट सिफारिस भएका छन् । प्रदेश सभा तर्फ एमालेबाट खड्ग केसी र माओवादीबाट दिनेश पन्थी सिफारिस भएको बाम गठबन्धनले जनाएको छ ।

काँग्रेसबाट यी हुन् उम्मेदवार

गुल्मीमा नेपाली काँग्रेसले एक्लै चुनावी मैदानमा उत्रिने गरि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी चन्द्र भण्डारी उम्मेदवार बनेका छन् । प्रदेश सभा तर्फ पृथ्वी फौजदार र धनेन्द्र कार्की सिफारिस भएको नेपाली काँग्रेस गुल्मीका सभापती भुवन प्रसाद श्रेष्ठले जानकारी दिए । क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी चन्द्र केसी सिफारिस भएका छन् । प्रदेश सभा तर्फ शालिक पन्थी र छन्द पहराई सिफारिस भएको श्रेष्ठले जानकारी दिए ।

जनमोर्चाबाट उम्मेदवार सिफारिस

गुल्मीमा राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी छबिलाल सर्तुङ्गी सिफारिस भएका छन् । प्रदेश सभा तर्फ ओमेन्द्र कुँवर र टंक केसी सिफारिस भएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी रामेश्वर खत्री सिफारिस भएका छन् । प्रदेश सभातर्फ हरि न्यौपाने र सुर्य थापा सिफारिस भएको पार्टीले जनाएको छ ।

नयाँ शक्तिबाट उम्मेदवार छनोट

नयाँ शक्ति पार्टी नेपालले पनि उम्मेदवारको टुङ्गो लगगाएको छ । पार्टीले क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी तेजेन्द्र थापा सिफारिस भएको नयाँ पार्टी नेपाल गुल्मीका सचिवालय संयोजक जनक पन्थले जानकारी दिए ।

प्रदेश सभा तर्फ पदमबहादुर खत्री र ध्रुव कुवँर सिफारिस भएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी गणेश कुवँर सिफारिस भएका छन् । प्रदेश सभा तर्फ सरोज गुरुङ्ग र धनश्याम पाण्डे सिफारिस भएको पन्थले जानकारी दिए ।

गुल्मीमा भोलि बिहिवार दिउँसो १ बजे पूर्व नेपाली काँग्रेस लगायतका अन्य दलले मनोनयन गरि सक्नु पर्ने र २ पछी बाम गठबन्धनले मनोनय दर्ता गर्ने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । मनोनयन दर्ताका लागी कार्यकर्ता जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको दलहरुले जनाएका छन् ।